नेपाली कांग्रेसको महामन्त्रीका उम्मेदवार गगन थापाले आफ्नो उम्मेदवारीलाई महाधिवेशन प्रतिनिधिले स्वागत गरेको बताएका छन् ।
कतिपय महाधिवेशन प्रतिनिधिले आफ्ना छोराछोरीले गगनलाई भोट दिएर आउनू भनेका छन् भन्ने प्रतिक्रिया दिएको पनि उनले सुनाए ।
‘विगतमा मसँग फोटो खिचेर भोट नहालेको अनुभव छ, तर यसपटक मेरो उम्मेदवारीलाई महाधिवेशन प्रतिनिधिले एकदमै स्वागत गरेको र स्वाभाविक रूपमा लिएको पाएको छु,’ लोकान्तरको सबालमा गगनले भने, ‘अरू पदमा थाहा छैन, महामन्त्रीमा तिमीलाई मत हाल्ने मन बनाएका छौं भनेर धेरैले भन्नु...