उपसभापतिको मतगणनामा अग्रता बनाएपछि सानेपा पुगे धनराज

नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको जारी मतगणनामा १२ सय मत गन्दा धनराज गुरुङले अग्रता बनाएका छन्। अग्रता बनाइरहँदा उनी मत गणना स्थल सानेपास्थित पार्टी कार्यालय पुगेका हुन् । गणनामा उनलाई पूर्णबहादुर खड्काले पछ्याइरहेका छन् । काँग्रेसमा दुई जना उपसभापति निर्वाचित हुने व्यवस्था छ । हालसम्म  १२०० मतपत्र गन्दा अग्रतामा रहेका विजयकुमार गच्छदारले ४५४ मत, पूर्णबहादुर खड्काले ५०१ मत, चन्द्र भण्डरीले ४७२ मत र धनराज गुरुङले ५४३ मत प्राप्त गरेका छन् । त्यस्तै दिव्यश्वर

सम्बन्धित सामग्री

विजय र्यालीका लागि सानेपा पुगे विश्वप्रकाश

काठमाडौं : सानेपामा कांग्रेसको पार्टी कार्यालयमा  महामन्त्रीको  मतगणनामा विश्वप्रकाश शर्मा र गगन थापा जितनजिक पुगेका छन्। जित नजिक पुगेसँगै विश्वप्रकाश शर्मा सानेपा पुगेका छन्।त्यस्तै, गगन थापा भने सानेपा नजाने भएका छन्। उनी बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड पुगेर त्यहाँ बधाई कार्यक्रम हुने बताइएको छ।नेपाली कांग्रेसको महामन्त्री पदको मतगणना जारी रहँदा पार्टी कार्यालय सानेपामा कार्यकर्ताको चर्को भिड लागेको छ।मतगणना सुरु हुँदासम्म खासै भिड नरहेकामा युवा नेता गगन थापा र विश्वप्रकाश शर्माल