राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्षमा डा. शर्मा, महासचिवमा डा. पौडेल

काठमाडौं । डा. झलक शर्मा गौतमको अध्यक्षतामा राष्ट्रिय स्वास्थ्यकर्मी संघको १५१ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । चैत २५ गतेदेखि सुरु भएको संघको सम्मेलनले अध्यक्षमा डा. शर्मा र महासचिवमा डा. सन्तोष पौडेलसहित सर्वसम्मतिले १५१ सदस्यीय नयाँ कार्यसमिति चुनेको हो ।  एक महिलासहित चारजना उपाध्यक्ष हुने संघको विधानअनुसार महिला उपाध्यक्षमा शारदा खनाल,...

सम्बन्धित सामग्री

स्वास्थ्यकर्मी संघको अध्यक्षमा गौतम निर्वाचित

नेकपा (एमाले) निकट स्वास्थ्यकर्मीहरुको संगठन ‘राष्ट्रिय स्वास्थ्यकर्मी संघ’ नेपालको अध्यक्षमा डा. झलक गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ । गत शुक्रबारदेखि काठमाडौंमा जारी संघको चौथो राष्ट्रिय महाधिवेशनले डा गौतमको अध्यक्षतामा १५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

स्वास्थ्यकर्मी संघको अध्यक्षमा गौतम

राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको नयाँ नेतृत्वमा डा झलक शर्मा गौतम निर्वाचित भएका छन् । आइतबार सम्पन्न संघको चौथौ राष्ट्रिय महाधिवेशनले डा गौतमको अध्यक्षतामा १५१ नयाँ कार्यसमिति चयन गरेको हो ।संघको महासचिवमा डा सन्तोष पौडेल तथा चार उपाध्यक्षमा रामहरि ढकाल, शारदा खनाल, जगत नेपाली र भिमराज सिंह निर्वाचित भएका छन् । उपमहासचिवमा हिमालय तिवारी र अमृता बराल तथा कोषाध्यक्षमा अञ्जु बस्नेत चयन भएका छन्। महाधिवेशन यही चैत २५ गतेदेखि काठमाडौंमा भएको थियो । संघमा १२ हजार स्वास्थ्यकर्मी आबद्ध रहेका छन् ।

राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्षमा डा झलक शर्मा गौतम

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको नयाँ नेतृत्व सहमतिमा चयन गरिएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठान जारी महाधिवेशनले नयाँ नेतृत्व सहमतिमा चयन गरेको हो । डा झलक शर्मा गौतमको नेतृत्वमा १५१ सदस्य केन्द्रीय समिति चयन गरेको छ । सहमतिमा नै महासचिवमा डा सन्तोष पौडेललाई चयन गरिएको हो । यस्तै, चार उपाध्यक्षमा रामहरी ढकाल, शारदा खनाल, जगत नेपाली र भिमराज सिंहलाई सर्वसम्मत गरिएको छ । त्यसैगरी उपमहासचिवमा हिमालय तिवारी र अमृता बराल तथा कोषाध्यक्षमा अञ्जु बस्नेत सर्वसम्मत चयन गरिएको हो ।