राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्षमा डा झलक शर्मा गौतम

राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालको नयाँ नेतृत्व सहमतिमा चयन गरिएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठान जारी महाधिवेशनले नयाँ नेतृत्व सहमतिमा चयन गरेको हो । डा झलक शर्मा गौतमको नेतृत्वमा १५१ सदस्य केन्द्रीय समिति चयन गरेको छ । सहमतिमा नै महासचिवमा डा सन्तोष पौडेललाई चयन गरिएको हो । यस्तै, चार उपाध्यक्षमा रामहरी ढकाल, शारदा खनाल, जगत नेपाली र भिमराज सिंहलाई सर्वसम्मत गरिएको छ । त्यसैगरी उपमहासचिवमा हिमालय तिवारी र अमृता बराल तथा कोषाध्यक्षमा अञ्जु बस्नेत सर्वसम्मत चयन गरिएको हो ।

सम्बन्धित सामग्री

स्वास्थ्यकर्मी संघको अध्यक्षमा गौतम निर्वाचित

नेकपा (एमाले) निकट स्वास्थ्यकर्मीहरुको संगठन ‘राष्ट्रिय स्वास्थ्यकर्मी संघ’ नेपालको अध्यक्षमा डा. झलक गौतम सर्वसम्मत निर्वाचित हुनुभएको छ । गत शुक्रबारदेखि काठमाडौंमा जारी संघको चौथो राष्ट्रिय महाधिवेशनले डा गौतमको अध्यक्षतामा १५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको हो ।

स्वास्थ्यकर्मी संघको अध्यक्षमा गौतम

राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपालको नयाँ नेतृत्वमा डा झलक शर्मा गौतम निर्वाचित भएका छन् । आइतबार सम्पन्न संघको चौथौ राष्ट्रिय महाधिवेशनले डा गौतमको अध्यक्षतामा १५१ नयाँ कार्यसमिति चयन गरेको हो ।संघको महासचिवमा डा सन्तोष पौडेल तथा चार उपाध्यक्षमा रामहरि ढकाल, शारदा खनाल, जगत नेपाली र भिमराज सिंह निर्वाचित भएका छन् । उपमहासचिवमा हिमालय तिवारी र अमृता बराल तथा कोषाध्यक्षमा अञ्जु बस्नेत चयन भएका छन्। महाधिवेशन यही चैत २५ गतेदेखि काठमाडौंमा भएको थियो । संघमा १२ हजार स्वास्थ्यकर्मी आबद्ध रहेका छन् ।