एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले सहजै बहुमत ल्याउने दावी गरेका छन् । तर, यसका लागि हरेक पार्टी सदस्यले थप दुई नयाँ मतदाता बढाउनुपर्ने बताएका छन् । काठमाडौंमा आयोजित मोरङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले पार्टीले लिएको जे विचार छ त्यसलाई जनतासम्म पुर्याउन नसकेको हो की भनेर प्रश्न गरे । उनले कतिपय ‘छट्टुहरू’ले कमसल माल बेचिरहँदा एमालेले भने गरेको राम्रो कामको समेत जनतामाझ प्रचार गर्न नसकेको बताए