लगानी बोर्डको कार्यालयले आगामी वैशाखको दोस्रो साता आयोजना हुने तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा दीर्घकालीन हरित पूर्वाधारका योजनालाई पाइपलाइनमा राख्ने भएको छ।...
महोत्तरी, १२ साउन । जलेश्वर नगरपालिकाले ‘हरित अभियान’अन्तर्गत एक लाख २५ हजार नयाँ बिरुवा रोप्ने भएको छ । चालू आवको साउन महिनाभित्रै उक्त सङ्ख्यामा वृक्षरोपण गरिने नगरप्रमुख सुरेश साह सोनारले जानकारी दिए । “हामी नगरको धार्मिक पहिचानमा अब हरित नगरी पनि थप्दै छौँ, साउनभित्रै नयाँ बिरुवा रोपिने लक्ष्यसाथ धमाधम वृक्षरोपण जारी छ”, उनले भने । […]
बढ्दा जलवायु परिवर्तनलाई कम गर्दै वातावरण बचाउका लागि खोटाङको साकेला गाउँपालिकाले ‘वातावरणमैत्री हरित अभियान’ सञ्चालन गरेको छ। गत वर्षदेखि सुरु भएको सो अभियानलाई यस वर्ष पनि गाउँपालिकाले निरन्तरता दिन थालेको हो।...
विकास बैंकहरूले दिगो विकासमा योगदान दिने उद्देश्यले ‘हरित निक्षेप योजना’ र ‘हरित कर्जा योजना’ ल्याउने भएका छन् । विकास बैंकहरूको संगठन डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको कार्यसमितिले हाललाई निम्न उत्पादनमूलक क्षेत्रमा गरिने...
सर्लाही, २६ वैशाख । बागमती नगरपालिकाले सबै सामुदायिक विद्यालयलाई हरित विद्यालय बनाउने अभियान सुरु गरेको छ । नगरभित्रका २५ वटै सामुदायिक विद्यालयको प्राङ्गणमा विभिन्न प्रकारका फलफूलका बिरुवा रोपेर हरित बनाउने अभियान सुरु गरिएको नगरपालिकाको नगर शिक्षा शाखा प्रमुख मीनप्रसाद उपाध्यायले जानकारी दिए । उनका अनुसार “बागमती नगरको अभियान,हरित विद्यालय प्राङ्गण”भन्ने मूल नाराकासाथ नगरका सबै सामुदायिक […]
हरित हाइड्रोजन अहिले निकै चर्चामा छ । गत नोभेम्बर इजिप्टमा आयोजित संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तन सम्मेलन (कोप–२७)का क्रममा जर्मनीका चान्सलर ओलाफ सोल्जले हाइड्रोजनको बजार विकास गर्न चार अर्ब ३० करोड डलरभन्दा...
वन तथा वातावरणमन्त्री प्रदीप यादवले हरित अर्थतन्त्रमा आधारित विकासको मोडल अपनाउनुपर्नेमा जोड दिएका छन् । नेपाल पूर्वाधार शिखर सम्मेलन २०२२ कार्यक्रममा बोल्दै मन्त्री यादवले हरित अर्थतन्त्रमा आधारित विकासको मोडल अपनाएर न्यून वातावरणीय क्षतिमा विकास कसरी गर्न सकिन्छ भन्ने मोडल अपनाउनु पर्ने बताएका हुन् ।“वातावरणीय पक्षलाई विभार गरेर भौतिक पूर्वाधार विकास गर्ने काम नै हरित विकासको […]
नेपाल विद्युत् प्राधिकरण र संसारभर हरित हाइड्रोजनलगायतका क्षेत्रमा काम गर्दै आएको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट, कोरियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।...
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकालाई हरित नगरको रुपमा विकास गरिएको भएको छ । त्यसका लागि वीरेन्द्रनगर नगरपालिका र भू–संरक्षण विभागबीच द्विपक्षीय सम्झौता भएको छ ।शहरी वन विकास (बिरुवा उत्पादन खरिद, वृक्षारोपण, संरक्षण) कार्यक्रम अन्तर्गत प्रदेश राजधानीसमेत रहेको नगरपालिकालाई हरित नगरपालिकाको रूपमा विकास गरिने वीरेन्द्रनगर नगरपालिकाले बताएको छ । हरित नगरको रुपमा विकास गर्न नगरपालिका र विभागबीच ७५ लाख ४२ हजार २७६ रुपैयाँ रकमसहितको सम्झौता भएको नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले जानकारी द
जनकपुरधाम – महोत्तरीमा हरित अभियान सुरु गरिएको छ। विश्वव्यापी चुनौतीको रुपमा भएको वातावरणीय परिवर्तनको कारण हरेक समुदायमा समस्या विकराल हुँदै गएकोले त्यसकाे सामाधान गर्न हरित अभियान सुरु गरिएको पूर्व मन्त्री तथा माओवादी नेता गिरिराजमणि पोखरेलले बताए । पोखरेलले महोत्तरीको तीन स्थानीय तहबाट हरित अभियान सुरु गरेका हुन्। आइतबार जनकपुरधाममा पत्रकार सम्मेलनको आयोजना गरी उनले नेपालमा जलवायु […]