पुसमा मूल्यवृद्धिदर घट्यो, सबैभन्दा कम तराईमा

काठमाडौं । पुसमा बजारमा मूल्यवृद्धिदर घटेको छ । नेपाल राष्ट्र बैङ्कले मङ्गलवार सार्वजनिक गरेको ६ महीनाको आर्थिक तथा वित्तीय स्थित‍िको समीक्षाअनुसार गत पुसको मूल्य वृद्धिदर ५.२६ प्रतिशत छ ।  गत वर्षको पुसमा मूल्यवृद्धिदर ७.२६ प्रतिशत थियो । समीक्षा महीनामा खाद्य तथा पेय पदार्थ समूहको मूल्यवृद्धि ५.७७ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मूल्यवृद्धि ४.८५ प्रतिशत छ ।  मंसिरमा मूल्यवृद्धिदर वार्षिक विन्दुगत उपभोक्ता मूल्यवृद्धिदर ४.९५ प्रतिशत थियो । पुसमा घ्यू तथा तेल, तरकारी, मासु तथा माछा र यातायात उप–समूहको वार्षिक विन्दुगत मूल्यवृद्धि घटेको छ । मरमसला र चिनी तथा चिनीजन्य वस्तु उप–समूहको मूल्यवृद्धिसमेत क्रमशः कमी आइरहेको अवस्था रहेको राष्ट्र बैङ्कले जनाएको छ । राष्ट्र बैङ्कका अनुसार वार्षिक बिन्दुगत आधारमा पुसमा आयात मूल्य सूचकाङ्क, तलब तथा ज्यालादर र थोक मूल्य सूचकाङ्कको वृद्धि दरमा समेत कमी आएको छ । समीक्षा अवधिमा उपभोक्ता मुद्रास्फीतिमा तुलनात्मक रूपमा कम दबाब पर्न गएको छ । घ्यू तथा तेल, तरकारी र मासु तथा माछा उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क क्रमशः १३.०७ प्रतिशत, १.०४ प्रतिशत र ०.०६ प्रतिशतले घटेको छ भने मरमसला उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क ३५.६० प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ११.३८ प्रतिशत, दाल तथा गेडागुडीको ११.१४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको १०.२९ प्रतिशत र फलफूलको १०.१५ प्रतिशतले बढेको छ । यस्तै यातायात उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १.६२ प्रतिशतले घटेको छ भने मनोरञ्जन तथा संस्कृति उप–समूहको वार्षिक बिन्दुगत मूल्य सूचकाङ्क १२.८४ प्रतिशत, विविध वस्तु तथा सेवाहरूको ९.७३ प्रतिशत, शिक्षाको ८.९२ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणहरूको ५.१८ प्रतिशत र कपडाजन्य तथा जुत्ता चप्पलको ४.९६ प्रतिशतले बढेको छ ।  पुसमा काठमाडौं उपत्यकाको वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि ५.७६ प्रतिशत, तराईको ४.७८ प्रतिशत, पहाडको ५.४० प्रतिशत र हिमालको ६.५७ प्रतिशत छ । अघिल्लो वर्षको सोही महिनामा उक्त क्षेत्रहरूको यस्तो मूल्यवृद्धि क्रमशः ६.९३ प्रतिशत, ७.४९ प्रतिशत, ७.३० प्रतिशत र ६.६९ प्रतिशत थियो । 

सम्बन्धित सामग्री

चालू आर्थिक वर्षको पुसमा सबैभन्दा बढी घरजग्गा कारोबार

काठमाडौं । चालू आर्थिक वर्षमा सबैभन्दा बढी घरजग्गा कारोबार पुस महिनामा भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार चालू आर्थिक वर्षको पुस महिनामा यस वर्षकै सबैभन्दा बढी घरजग्गा कारोबार भएको हो । पुसमा ४५ हजार २७७ संंख्यामा घरजग्गाको लिखित पास भएको विभागले जनाएको छ । जसबापत सरकारले ३ अर्ब २० करोड ५२ लाख […]

चालु आर्थिक वर्षको माघसम्म अर्थ मन्त्रालयद्वारा करिब २३ अर्ब रकमान्तर

काठमाडौं । चालु आर्थिक वर्षको माघसम्म अर्थ मन्त्रालयले करिब २३ अर्ब रुपैयाँ रकमान्तर गरेको छ । मन्त्रालयको तथ्यांकअनुसार पुँजीगततर्फ एक करोड रुपैयाँ बढीको एक बजेट उपशीर्षकबाट अर्को बजेट उपशीर्षकमा माघसम्म २२ अर्ब ७४ करोड रुपैयाँ रकमान्तर भएको हो । मन्त्रालयका अनुसार सबैभन्दा धेरै पुसमा २२ अर्ब दुई करोड रुपैयाँ रकमान्तर भएको छ । बजेट उपशीर्षकअन्तर्गत […]

पछिल्लो नौ महिनामा रोजगारी खोज्दै पौने ६ लाख नेपाली विदेशिए

काठमाडौं, १५ माघ। २०७९ साल सुरु भएयता(वैशाख–पुस) हालसम्म वैदेशिक रोजगारीमा जान ५लाख ८४हजार ७५२जना नेपालीले श्रम स्वीकृति लिएका छन्। वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिनेको संख्या सबैभन्दा बढी कात्तिकमा र कम वैशाखमा रहेको छ। वैशाखमा ४५हजार४, जेठमा ६२हजार३४९, असारमा ६२हजार८५३, साउनमा ६३हजार३९, भदौमा ७६हजार४०३, असोजमा ६२हजार७०६, कात्तिकमा ७८हजार३७०, मंसिरमा ६८हजार५६४ र पुसमा ६५हजार४६४ जनाले श्रम स्वीकृति लिएका छन्।

कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यको शपथ ११ पुसमा

सुर्खेत । कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण पुस ११ गते हुने भएको छ । सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नेछन्। प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्यको रूपमा नेकपा एमालेका विनोदकुमार शाह छन्। दैलेख निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित शाह एमालेका प्रदेश अध्यक्षसमेत हुन् ।  प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज […]

कर्णाली प्रदेशसभा सदस्यको शपथ ११ पुसमा

सुर्खेत – कर्णाली प्रदेशसभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण पुस ११ गते हुने भएको छ। सभामुख र उपसभामुखको निर्वाचन नभएसम्म प्रदेशसभाको अध्यक्षता ज्येष्ठ सदस्यले गर्नेछन्। प्रदेशसभामा सबैभन्दा ज्येष्ठ सदस्यको रूपमा नेकपा एमालेका विनोदकुमार शाह छन्। दैलेख निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट निर्वाचित शाह एमालेका प्रदेश अध्यक्षसमेत हुन्। प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव भीमराज थानीले शाहलाई […]

महिलाको काँधमा सुरक्षा जिम्मा : जवानमा सबैभन्दा धेरै, कुन पदमा कस्तो छ उपस्थिति?

काठमाडौं : नेपाल प्रहरीमा पहिलो महिला अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) हुन्, डाक्टर दुर्गा थापा। सबैभन्दा उच्च पदमा पुगेकी दुर्गा प्रहरीको प्राविधिकतर्फ थिइन्, प्रहरी चिकित्सक। तीसवर्षे सेवा अवधिका कारण २०७६ पुसमा उनले अवकाश पाइन्। त्यही पदमा अहिले पनि एक जना महिलाले नेतृत्व दिइरहेकी छिन्। उनी हुन्, डाक्टर आशा सिंह। नेपाल प्रहरी अस्पतालको कमान…

मुद्रास्फीति ५.६५ प्रतिशत बढ्यो, सबैभन्दा बढी मूल्यवृद्धि घ्यू तथा तेलमा

काठमाडौं– अघिल्लो वर्षको पुस महिनाको तुलनामा चालु आर्थिक वर्ष २०७८/८९ को पुसमा मुद्रास्फीति बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको विवरणअनुसार यस वर्षको पुसमा मुद्रास्फीति ५.६५ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को सोही महिनामा यस्तो मुद्रास्फीति ३.५६ प्रतिशत रहेको थियो । पुस महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ४.९२ […]

त्रिवेणी कप पुसमा, पुरस्कार राशिमा वृद्धि

काठमाडौं (हाम्रो खेलकुद) – जिल्लाको सबैभन्दा प्रतिष्ठित त्रिवेणी कपको २९औं संस्करणको राष्ट्रब्यापी फूटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ । आयोजक त्रिवेणी युवा क्लब लमजुङले शनिबार सदरमुकाम बेशीशहरमा पत्रकार सम्मेलनको आयोजना गर्दै त्रिवेणी कप १२ देखि २१ पुससम्म बेंसीसहरको सहजी खेल मैदान (त्रिवेणी रंगाशाला) मा हुने र पुरस्कार राशिमा वृद्धि गरिएको जनाएको छ । वृद्धि […]