गण्डकी प्रदेश सरकारबाट बाहिरियो माओवादी, मुख्यमन्त्री गुरुङको पद सुरक्षित !

गण्डकी प्रदेश सरकारबाट नेकपा माओवादी केन्द्र बाहिरिएको छ । गण्डकी प्रदेश सभा बैठकमा बुधबार सम्बोधन गर्दै माओवादी केन्द्र संसदीय दलका नेता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले सरकारमा बसेर सरकारकै विरोध गर्नु ‘अनैतिक’ बताउदै बाहिरिएको बताएका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा माओवादी केन्द्रका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्थामन्त्री लेखबहादुर थापा मगर गरी दुई मन्त्री थिए । उनीहरूले पार्टीको संसदीय दल बैठकको निर्णयअनुसार राजीनामा पत्र बुझाएको ...

सम्बन्धित सामग्री

गण्डकी प्रदेश सरकार सुरक्षित छ : नेता गुरुङ

नेकपा (एमाले) का उपमहासचिव एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकारको भविष्य सुरक्षित रहेको बताउनुभएको छ ।

खोपका लागि मुख्यमन्त्रीले प्रधानमन्त्रीसँग भेट गर्दै हुनुहुन्छ : मन्त्री आचार्य

गण्डकी प्रदेश सरकारका मन्त्री हरिशरण आचार्यले सरकारले कोरोनाविरुद्धको खोपलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् । उनले कोभिड–१९ बाट बच्ने मुख्य विकल्प खोप भएकाले प्रदेशका नागरिकलाई सुरक्षित राख्नका आवश्यक खोपको व्यवस्था मिलाउनका लागि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीय सरकारसँग समन्वय गरिरहेको बताए ।उनले केही दिनभित्र मुख्यमन्त्री पोखरेलले प्रधानमन्त्रीसँग भेट गरी खोप खरिद र व्यवस्थापनका विषयमा कुराकानी गर्ने उल्लेख गरे । मन्त्री आचार्यले जनता बचाउनु नै प्रदेश सरकारको पहिलो प्

मनाङेलाई मन्त्री बनाए पनि सुरक्षित छैन गण्डकी प्रदेश सरकार

पर्वत : बिहीबार मात्र गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री बनेका राजीव गुरुङ (दीपक मनाङे) को मन्त्री पद कति समय टिक्ने भन्ने कुरा बहसको विषय बनेको छ।गण्डकी प्रदेशमा एमालेको तर्फबाट मुख्यमन्त्री रहेका पृथ्वी सुब्बा गुरुङ र उनको सरकारलाई टिकाउने वा हटाउने भन्ने कुरा कोरोना पोजेटिभ भई अस्पतालमा रहेका राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीसहित अन्य दुई जना सांसदको हातमा छ।दीपक मनाङ्गे गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्री नियुक्तगण्डकी प्रदेश सरकारको विरुद्धमा गत वैशाख दुईमा कांग्रेस, माओवाद

'सुरक्षित' भनिँदै आएको गण्डकी प्रदेश सरकार यसरी पर्‍यो सङ्कटमा - BBC News नेपाली

प्रदेशसभाको अधिवेशन हतारमा अन्त्य गरिए पनि मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ र विपक्षी दलले विशेष अधिवेशन माग गरेका छन्।

'गण्डकीमा अविश्वासको प्रस्ताव ल्याए पनि पास हुँदैन'

गोरखा : सर्वोच्च अदालतको फैसलापछि देशको राष्ट्रिय राजनीतिक माहोल ‘सस्पेन्स खेल’ जस्तै बनेको छ। यसको प्रत्यक्ष असर गण्डकी प्रदेश सरकारमा पनि पर्न सुरु गरिसकेको छ। गत बुधबार माओवादी केन्द्रले प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिन लगायो। अब कांग्रेस, माओवादी र जसपा मिलेर गण्डकी प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी भइरहेको कुरा सार्वजनिक हुन थालेको छ। तत्काल माओवादीले सरकारलाई समर्थन फिर्ता गरिहाल्यो भने पनि मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार तत्काललाई सुरक्षित देखिन्छ। तर, तीन दलले राजमोलाई पनि अव...

गण्डकीमा सरकार गिराउने समीकरण खोज्दै प्रचण्ड–माधव समूह

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने गुरुङविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन १५ मत चाहिन्छ । गण्डकी प्रदेश सभामा १५ सदस्य भएको कांग्रेससँग मात्र अविश्वास ल्याउने एकल हैसियत छ । कांग्रेस तत्काल अविश्वासको प्रस्ताव ल्याउने पक्षमा नरहेकाले तत्काललाई मुख्यमन्त्री सुरक्षित देखिन्छन्