धनुषा । देश नंं २ मा खोप भण्डारणको अभावका कारणले प्रदेशवासीले भोग्दै आएको पीडाको अन्त्य भएको छ । नेपाल सरकारको आर्थिक लगानी तथा कोभ्याक्स सुविधाअन्तर्गत युनिसेफले मेसिनरी सहयोगमा जनकपुरधाममा खोप भण्डारण गृहको स्थापना गरिएको छ । पहिलो चरणमा दुईवटा युनिटको निर्माण भएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख डा प्रमोद यादवले जानकारी दिए ।