काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले शर्मा ओलीले खुलामञ्चमा सँगै संविधान पढ्न आउन प्रधानमन्त्री केपी ओलीलाई चुनौती दिएका छन् । शुक्रबार धनगढीमा आयोजना गरेको सभामा ओलीले संसद विघटनलाई असंवैधानिक भन्नेहरुलाई संविधान पढ्न आग्रह गरेका थिए । शनिबार थापाले भने, ‘कमरेड ओली आउनुस्, खुलामञ्चमा बहस गरौं । तपाई मैदान छाडेर लुकेर बस्ने सुवास नेम्वाङलाई लिएर आउनुस्, हामी संविधान ढोगेर जारी गर्ने रामवरण यादवलाई लिएर आउँछौं, खुलामञ्चमा जनताको बीचमा संविधान पढौं ।’प्रतिनिधिसभ