नेकपा एमालेकी सांसद नविना लामाले हैजा रोग न्यूनीकरणका लागि सरकार गम्भीर बन्नुपर्ने बताएकी छन् । सोमवार शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै सांसद लामाले सो कुरा बताएकी हुन् । अहिले काठमाडौंमा हैजाको समस्याले जनताहरु त्रस्त भइरहेको भन्दै उनले सरकार यसमा गम्भीर बन्नुपर्ने बताइन् ।उनले काठमाडौंमा विशेष गरेर बालबालिकाहरूमा हैजाको समस्या देखापरेको भन्दै महँगीका बेलामा सामान्य जनताका लागि सुलभ उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरिन् । सांसद लामाले सरकारले मूल्यवृद्धिको चापमा परेका जनताको समस्