फाइनलअघि फ्रान्सका ५ खेलाडी बिरामी

एजेन्सी – फिफा विश्वकप कतार २०२२ अन्तर्गत उपाधिका लागि आइतबार अर्जेन्टिना र फ्रान्स भिड्दैछन् । तर खेलको दुई दिन अघि फ्रान्सका खेलाडी बिरामी परेका छन् । यसैपनि प्रतियोगिता अघि नै टोलीका मुख्य खेलाडी घाइते भएपछि फ्रान्सले केहि कमजोर टोली घोषणा गरेको थियो । तर प्रशिक्षक डीडीएर डेस्च्याम्प्सले टोलीलाई पुन: एकपटक फाइनलको यात्रा तय गराएका छन् […]

सम्बन्धित सामग्री

विश्वकप फाइनल खेल्ने बेलामा फ्रान्सका तीन खेलाडी बिरामी

काठमाडौं : विश्वकप २०२२ को फाइनलमा पुगेको टोली फ्रान्सका तीन खेलाडी अस्वस्थ भएका छन्। आइतबार हुने खेलमा उपाधिका लागि अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्न लागेको टोलीका राफेल वरान, इब्राहिम कोनेट र किंग्स्ली कोमान खेल अगाडि अस्वस्थ भएका हुन्। खेलाडी चिसोका कारण अस्वस्थ भएको अनुमान स्वास्थ्य टोलीले गरेको छ। तीनैजना खेलाडी बिहीबार र शुक्रबारका प्रशिक्षणमा पनि सहभागी हुन सकेका थिएनन्। कोमान मोरक्कोसँगको सेमिफाइनल खेलमा सब्स्टिच्युट खेलाडीको रूपमा रहेका थिए। जो मैदानमा उत्रिएनन् भने व

फ्रान्सलाई अस्वस्थ खेलाडीको चिन्ता

अर्जेन्टिनाविरुद्धको फाइनल खेलमा अस्वस्थ भएका फ्रान्सका तीन खेलाडी दुरुस्त भइसक्ने आशा गरिएको छ। डिफेन्डर डायट उपामेकानो र मिडफिल्डर एड्रियन राबियोटले मोरक्कोविरुद्ध २–० ले हात पारेको जितमा खेल्नुभएको थिएन। प्रशिक्षक डिडियर डेस्चाँले चार दिनको समय भएकाले यी दुवै खेलाडी दुरुस्त भइसक्ने बताउनुभयो। उपामेकानो र राबियोटबाहेक वैकल्पिक खेलाडी किङ्सले कोम्यान पनि बिरामी हुनुभएको छ। प्रशिक्षक डेस्चाँले यी तीन खेलाडी फाइनलअघि स्वस्थ हुने अपेक्षा गर्नुभएको छ।