विश्वकप फाइनल खेल्ने बेलामा फ्रान्सका तीन खेलाडी बिरामी

काठमाडौं : विश्वकप २०२२ को फाइनलमा पुगेको टोली फ्रान्सका तीन खेलाडी अस्वस्थ भएका छन्। आइतबार हुने खेलमा उपाधिका लागि अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्न लागेको टोलीका राफेल वरान, इब्राहिम कोनेट र किंग्स्ली कोमान खेल अगाडि अस्वस्थ भएका हुन्। खेलाडी चिसोका कारण अस्वस्थ भएको अनुमान स्वास्थ्य टोलीले गरेको छ। तीनैजना खेलाडी बिहीबार र शुक्रबारका प्रशिक्षणमा पनि सहभागी हुन सकेका थिएनन्। कोमान मोरक्कोसँगको सेमिफाइनल खेलमा सब्स्टिच्युट खेलाडीको रूपमा रहेका थिए। जो मैदानमा उत्रिएनन् भने व

सम्बन्धित सामग्री

फ्रान्सका राष्ट्रपति म्याक्रोँ विश्वकप फाइनल हेर्न जाने

फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले सन् २०२२ को फिफा विश्वकपको फाइनल खेल हेरेर खेलाडी र शुभचिन्तकलाई साथ दिन कतारमा जानुभएको छ । अर्जेन्टिनाका राष्ट्रपति अल्बर्टो फर्नान्डेजले भने फाइनल खेल हेर्नका लागि कतार नजाने बताउनुभएको छ । आइतबार अर्जेन्टिनाले प्रतियोगितामा पहिलो स्थानका लागि फ्रान्ससँग खेल्नेछ । उहाँले भन्नुभयो, “लाखौं देशवासी जस्तै म पनि घरेलु मैदानमा विश्वकप फाइनलको …

विश्वकप फाइनल : अर्जेन्टिना र फ्रान्सको खेल अगाडि जान्नै पर्ने ५ कुरा

लियोनल मेस्सीको अन्तिम मौका। पेलेको अनुकरण गर्दै केलियन एमबाप्पेको प्रहार। अर्जेन्टिना वा फ्रान्सका लागि तेस्रो विश्वकप उपाधि। आइतवारको विश्वकपको फाइनल विभिन्न कथाहरुले भरिपूर्ण छ । किनकि विश्व कपको २२ औं संस्करण यसपटकका लागि उपयुक्त शीर्ष खेलको साथ समाप्त हुँदैछ । मेस्सीको क्षण के लियोनल मेस्सी सबै समयका महान फुटबल खेलाडी हुन् ? यो बहस सधैंको […]