पूर्वरानी कोमल शाहको अवस्था गम्भीर, आईसीयूमा सारियो

कोरोना संक्रमणका कारण थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत पूर्वरानी कोमल शाहको स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आईसीयूमा सारिएको छ । शाहको शरीरमा अक्सिजनको मात्रा निकै कम देखिएपछि आईसीयूमा सारिएको अस्पताल प्रशासनले जनाएको छ ।

सम्बन्धित सामग्री

नर्भिकले भन्यो–पूर्वराजा ज्ञानेन्द्रसहित ३ जनाको अवस्था स्थिर

पूर्वराजा ज्ञानेन्द्र शाहसहित राजपरिवारका ३ जना नर्भिक अस्पताल भर्ना भएका छन् । उनीहरु शनिबार दिउँसो १ बजे थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् । अस्पतालका अनुसार अस्पताल भर्ना हुनेमा पूर्वराजा ज्ञानेन्द्र सहित पूर्वरानी कोमल र पूर्व अधिराजकुमारी प्रेरणा रहेका छन् । ‘कोरोना संक्रमणबाट पीडित पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्वरानी कोमल शाह र पूर्व अधिराजकुमारी प्रेरणा शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ’, अस्पतालले भनेको छ, ‘उहाँहरुको उपचारमा संलग्न

कोरोना संक्रमित पूर्वराजा शाह दम्पत्ति नर्भिक अस्पताल भर्ना

काठमाडौं, ११ बैशाख । कोरोना संक्रमित पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी पूर्वरानी कोमल शाह अस्पताल भर्ना भएका छन् । भारतको कुम्भमेलाबाट फर्किएका शाह दम्पत्तिमा कोरोना संक्रमण भएको थियो । उनीहरु यसअघि घरमै आईसोलेशनमा बसेका थिए । उनीहरु हाल काठमाडौंको थापाथलीस्थित् नर्भिक अस्पतालमा भर्ना भएको स्रोतले जनाएको छ । शाह सम्पत्तिको स्वास्थ्य अवस्था भने सामान्य […]