काठमाडाैं : इसाई धर्मावलम्बीका सर्वोच्च धर्म गुरु पोप फ्रान्सिस आफ्नो बयानका कारण लगातार चर्चामा आइरहन्छन्।कहिलेकाहीँ उनले यस्ता अभिव्यक्ति दिन्छन् जुन एकदमै भाइरल हुन्छ। केही दिनअघि ८५ वर्षीय पोप फ्रान्सिसले बालबालिकाभन्दा घर पालुवा जनावरलाई बढी माया गर्नेहरूलाई स्वार्थी भनेका थिए। उनले बालबालिकालाई भन्दा घर पालुवा जनावरलाई माया गर्नेले हाम्रो मानवता खोसिएको बताएका थिए।हाल पोपले विवाह अघि यौनसम्पर्क गर्न निषेध गर्नु साँचो प्रेमको संकेत भएको पनि बताएका छन्।भ्याटिकन सिटीमा अभिभावकत्वबारेकाे एक बय