नेकपा एमालेको चुनावी गीत ‘सै पनि एमाले, मै पनि एमाले’ गायक बद्री पंगेनीले यसपटक भने नेकपा माओवादी केन्द्रको पनि चुनावी गीतमा स्वर दिएका छन् । ‘अघि अघि प्रचण्ड’बोलको माओवादी केन्द्रको चुनावी गीतमा पंगेनीले स्वर दिएका हुन् । जसमा उनलाई गायिका स्मिता दाहालले साथ दिएकी छन् । स्मिता प्रचण्डकी नातिनी हुन् ।गीतमा शब्द एकनारायण भण्डारीले लेखेका हुन् । भण्डारीले एमालेको चुनावी गीत ‘सै पनि एमाले, मै पनि एमाले’ कोरेका थिए । गीतमा बद्री पंगेनी र प्रिया भण्डारी