निर्वाचन आयोगले यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा स्वास्थ्य मापदण्डको पालना गर्न–गराउन मतदान तथा मतगणना कार्यमा संलग्न हुने सबैलाई आग्रह गर्दै अनिवार्य पालना गर्नुपर्ने २१ बुँदा सार्वनिक गरेको छ । कोभिड–१९ महामारीको सङ्क्रमण बढ्दै गएको विद्यमान अवस्थामा निर्वाचनलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै मतदान तथा मतगणना कार्यमा …