खसीबोकाले उचित मूल्य नपाएको कृषकको गुनासो

असोज १८, धरान । लामो समयपछि सञ्चालनमा आएको कृषि बजारको पशु बजारमा कोशी पहाडी क्षेत्रबाट ल्याइएका खसी बोकाले उचित मूल्य नपाएको कृषकहरुले गुनासो गरेका छन् । करीब दुई वर्ष कोरोना संक्रमणका कारण आर्थिक अवस्था समेत दयनीय बनेका कृषकहरु खसी बोका पालेर विक्री गरेको रकमले दशैँ मजाले मनाउने अपेक्षा लिएर आएका थिए ।  कोशी पहाडी जिल्ला धनकुटा, तेह्रथुम, भोजपुर, संखुवासभा लगायत सुनसरी र मोरङका कृषकले खसी बोका विक्रीका लागि ल्याएका छन् । तर भनेजति मूल्य नहालेपछि धेरैजसो कृषकले खसीबोका विक्री नगरी फेरि घरतिरै फिर्ता लगेका छन् । खसीबोका बेच्नकै लागि ७०/८० किलोमिटर लामो दूरी बसयात्रा तय गरेर धरानको कृषिबजार आइपुगेका तेह्रथुम फेदापका केसर घिसिङले खसीको भाउ कृषि बजारमा गाउँभन्दा कम भएको गुनासो पोखे । उनले भने, ‘दलालहरुले कम मूल्यमा खरीद गर्न खोज्ने र उपभोक्तासँग सिधै सम्पर्क हुन कठिन हुने भएकोले पनि आफूहरुले बजार भाउ नपाएको गुनासो पोखे । ५ ओटा खसी लिएर आएका उनले तेह्रथुममै प्रति केजी जिउँदो खसी ६०० रुपैयाँमा विक्री भएपनि यहाँ ५५० रुपैयाँभन्दा बढी कसैले नहालेको गुनासो गरे । उनले भने, ‘आउँदा जाँदाको गाडीभाडा जोड्दा र बाटोमा गाडीमा ल्याउदा तौल समेत घट्दा यहा बेच्दा केही फाइदा देखिएन, अब गाउँमै लगेर बेच्ने हो ।’ त्यस्तै खाँदबारी संखुवासभाका नविन श्रेष्ठले पनि मूल्य तोकेर विक्रीका लागि ल्याएको हो त्यो अनुसारको भाउ नपाइएको बताए । उनी भन्छन्, ‘नाम अनुसारको बजारले काम नगरेको पाइयो, नाम कृषि बजार छ, फाइदाचाहिँ व्यापारीलाई छ ।’ असोजको पहिला हप्तादेखि धरानस्थित कृषि बजार खुला गरिएपछि खसीबोका विक्रीका लागि ल्याउन थालेका छन् । तर कृषकले सोचेजस्तो मूल्य नपाएपछि निराश भएर फर्कने गरेका छन् ।   यता व्यापारी पनि दशैँका मुखमा आएर खसी बोकाको कारोबार गर्न पाएकोमा खुशी देखिएका छन् । उनीहरु समेत खसी बोका विक्रीबाट विगतको जस्तो फाइदा नभएको बताउँछन् । व्यापारीहरु भने कृषकले आफ्नो भाउ नछोड्दा खरीद गरेर लगेको खसी बोकाबाट फाइदा नभएको बताउँछन् । तर कृषि उपज बजारको तथ्यांकले भने खसी बोका कारोबारमा विगतको भन्दा कम भएपनि कारोबार नै ठप्प भने नभएको जानकारी दिएको छ । बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार बजार खुलेको दुई हप्तामै तीन करोड बराबरको विक्री भएको छ । उनले यो अवधिमा ४ हजार खसीबोकाको कारोबार भएको जानकारी दिए । उनले यो बजारमा जिउँदो खसी प्रतिकेजी ५५० रुपैयाँ प्रतिकेजी विक्री भएको बताए । अरु बेला मासिक ६ करोड बराबरको कारोबार हुने बजारमा कोरोना संंक्रमणले कारोबार नै प्रभावित बनाएको बताए । कोरोनाकै कारण अर्थतन्त्रमा समेत प्रभाव पारेकाले विगतको जस्तो कारोकार हुन नसकेको कृषि बजारले जानकारी दिएको छ ।

सम्बन्धित सामग्री

स्वास्थ्य बिमा गरेकाले निःशुल्क औषधि नपाएको गुनासो

स्वास्थ्य बिमा गरेकाहरूले सरकारले निःशुल्क उपलब्ध गराउने औषधि नपाएको गुनासो गरेका छन् । स्वास्थ्य बिमा गरेकाहरूलाई राज्यले विभिन्न प्रकारका औषधि निःशुल्क उपलब्ध गराउने गर्छ । तर, यहाँका सेवाग्राहीले पछिल्लो समय...

दश महिनादेखि पारिश्रमिक नपाएको कर्मचारीको गुनासो

सिमकोट – दक्षिणी क्षेत्रको अदानचुली गाउँपालिकाको कार्यालयमा कार्यरत अधिकांश करारका कर्मचारीले दश महिनायता पारिश्रमिक नपाएको गुनासो गरेका छन्। गाउँपालिकाले पारिश्रमिक नदिएपछि पीडित कर्मचारी मिलेर गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहलाई ज्ञापनपत्रसमेत पेस गरेका थिए। पीडित कर्मचारीको संघर्ष समितिका अध्यक्ष काशी रोकायाले गाउँपालिकाको विभिन्न फाँटमा कार्यरत कर्मचारीले दश महिनादेखि पारिश्रमिक नपाएको कारण पहिलो चरणमा अध्यक्षलाई ज्ञापनपत्र पेस गरिएको […]

न्यायको अनुभुति गर्न नपाएको दलित अधिकारकर्मीको गुनासो

सरोकारवाला तथा अधिकारकर्मीले दलित समुदायले मुक्ति तथा न्यायको अनुभुति गर्न नपाएको गुनासो गरेका छन्। संविधान दिवसका अवसरमा दलित अनलाइन प्रालिले काठमाडौंमा आयोजना गरेको ‘सामाजिक न्यायको यात्रा ः दलित आन्दोलनको दिशामाथि वैचारिक...

सरकारी अस्पतालमा निःशुल्क औषधी नपाएको गुनासो

जिल्ला अस्पताल दैलेखमा औषधी अभाव भएको भन्दै विरामीहरुले औषधी नपाएको गुनासो गरेका छन्। अस्पताल पुग्ने विरामीले सरकारले वितरण गर्ने निःशुल्क औषधी नपाएको गुनासो गरेका हुन्।...

सरकारी अस्पतालमा निःशुल्क औषधी नपाएको गुनासो

जिल्ला अस्पताल दैलेखमा औषधी अभाव भएको भन्दै विरामीहरुले औषधी नपाएको गुनासो गरेका छन्। अस्पताल पुग्ने विरामीले सरकारले वितरण गर्ने निःशुल्क औषधी नपाएको गुनासो गरेका हुन्।...

भोट खसाल्न नपाएको कर्मचारीको गुनासो

निर्वाचनमा खटिएका अधिकांश कर्मचारीले समानुपातिकतर्फ भोट खसाल्न नपाएको गुनासो गरेका छन्।

चुनबाङमा उत्पादित लसुनले उचित मूल्य नपाएको किसानको गुनासो

रुकुम : भूमे गाउँपालिका-९ चुनबाङमा उत्पादित लसुनले उचित मूल्य नपाएको किसानले गुनासो गरेका छन्। लसुनको पकेट क्षेत्रसमेत रहेको चुनबाङमा उत्पादन भएको लसुनले उचित मूल्य नपाएको भन्दै किसानले गुनासो गरेका हुन्। अहिले बाहिर बजारमा लसुनको मूल्य प्रतिकिलो ५० देखि ६० रुपैयाँ पर्छ। चुनबाङ्का लसुन उत्पादक किसान भने प्रतिकिलो ५० रुपैयाँमा लसुन…

चुनबाङमा उत्पादित लसुनले उचित मूल्य नपाएको किसानको गुनासो

रुुकुम पुर्व । भूमे गाउँपालिका–९ चुनबाङमा उत्पादित लसुनले उचित मूल्य नपाएको किसानले गुनासो गरेका छन् । लसुनको पकेट क्षेत्रसमेत रहेको चुनबाङमा उत्पादन भएको लसुनले उचित मूल्य नपाएको भन्दै किसानले गुनासो गरेका हुन् । अहिले बाहिर बजारमा लसुनको मूल्य प्रतिकिलो रु ५० देखि ६० पर्छ । चुनबाङ्का लसुन उत्पादक किसान भने प्रतिकिलो र ५० मा लसुन […]

लसुनले उचित मूल्य नपाएको किसानको गुनासो

रुकुम(पूर्व)- भूमे गाउँपालिका–९ चुनबाङमा उत्पादित लसुनले उचित मूल्य नपाएको किसानले गुनासो गरेका छन् । लसुनको पकेट क्षेत्रसमेत रहेको चुनबाङमा उत्पादन भएको लसुनले उचित मूल्य नपाएको भन्दै किसानले गुनासो गरेका हुन् ।  अहिले बाहिर बजारमा लसुनको मूल्य प्रतिकिलो रु ५० देखि ६० पर्छ । चुनबाङका लसुन उत्पादक किसान भने प्रतिकिलो र ५० मा लसुन बिक्री गर्दा […]

विद्यालयका कर्मचारीले तलब नपाएको गुनासो

जिल्लाको जोरायल गाउँपालिकाका  विद्यालयमा कार्यरत लेखापाल र परिचरले तलब नपाएको गुनासो गरेका छन् । सङ्घीय सरकारबाट बिनियोजित रु १५ हजार तलब गाउँपालिकाले नदिएको उनीहरुको गुनासो छ । शिक्षक प्रकाश थापाले केन्द्रबाट छुट्याइएको तलब अन्य स्थानीय तहमा वितरण भइसक्दासमेत पनि जोरायल गाउँपालिकाले अहिलेसम्म नदिएको बताए ।