नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' को स्वास्थ्य सामान्य बन्दै गएको छ । प्रचण्डको सचिवालयमा समेत रहेकी प्रचण्ड पुत्री गंगा दाहालले बुवाको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले कोभिड-१९ कुनै लक्षण नभएको उल्लेख गरेकी छन् । चिकित्सकको सल्लाह अनुसार अबको दुई दिनमा पीसीआर परीक्षण गर्ने र नेगेटिभ नदेखिएसम्म आइसोलेसनमै बस्ने उनले बताएकी छन् । माओवादी केन्द्रको सम्मेलनमा व्यस्त बनेका प्रचण्डलाई सम्मेलन सकिएको केही दिनमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि उ