काठमाडौं: सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। बुधबार रिट निवेदक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ सांसदका तर्फबाट बहस गरेका कानुन व्यवसायीले अन्तरिम आदेश माग गरे पनि इजलासले अन्तरिम जारी गरेन।
निवेदकले जेठ ७ गते मध्यरातिको (प्रतिनिधिसभा विघटन) निर्णय स्थगन गर्नपर्ने, निर्वाचनसम्बन्धी कार्यक्रम स्थगित गर्नुपर्ने,…