महिला उद्यमशीलता विकासका लागि समिट र अवार्ड

बैशाख १६, काठमाडौं । बिजनेश वुमन समिट एन्ड अवार्डस न्यू बिजनेश एजले वार्षिक रूपमा आयोजना गर्दै आएको विशेष कार्यक्रम हो । महिला उद्यमशीलताको प्रवर्द्धन तथा विकास गर्ने उद्देश्यसहित न्यू बिजनेश एजले सन् २०२१ देखि यो कार्यक्रम गर्दै आएको छ । संस्थाले यस कार्यक्रममार्फत विभिन्न विधामा महिला उद्यमीलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ । कार्यक्रमले महिला उद्यमशीलता सम्बन्धी नीति निर्माण र महिलालाई व्यावसायिक प्रोत्साहनमा समेत सघाउँदै आएको छ ।  सोही क्रममा संस्थाले समिट एन्ड अवार्ड्सको दोस्रो संस्करणको कार्यक्रम सम्पन्न गरेको छ । यसपटकको कार्यक्रममार्फत विभिन्न विधामा १४ जनालाई अवार्ड प्रदान गरिएको छ । वैशाख ९ गते ‘ग्रान्ड फिनाले’ गरेर उनीहरूलाई अवार्ड प्रदान गरिएको थियो । त्यसअघि विभिन्न प्रदेश राजधानीमा महिला उद्यमशीलता सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो । कार्यक्रममा कोरोनापछि महिला उद्यमशीलतामा देखिएको चुनौतीबारे प्यानल डिस्कसन पनि भएको थियो । न्यू बिजनेश एजले उद्यम, व्यवसायलाई प्रोत्साहन गर्न सन् २०१३ देखि विभिन्न अवार्ड कार्यक्रम गर्दै आएको छ । यसअघि कम्पनी अवार्ड, बिजनेश स्कुल अवार्ड र स्टार्टअप अवार्ड कार्यक्रम गरेको संस्थाले गतवर्षदेखि महिला उद्यमीलाई पनि सम्मान गर्ने कार्यक्रम शुरू गरेको हो । यसपटकको कार्यक्रमको मुख्य प्रायोजक स्ट्याण्डर्ड चार्टर्ड बैंक र सहप्रायोजक मुक्तिनाथ विकास बैंक थिए । यसैगरी मेडिकल पार्टनर स्टार हस्पिटल, नलेज पार्टनर सेन्टर फर लिडरशिप एन्ड आन्त्रप्रेनरशिप, एयरलाइन्स पार्टनर टर्किश एयरलाइन्स, ई–कमर्श पार्टनर दराज, इन्स्योरेन्स पार्टनर नेको इन्सुरेन्स र इन्टरनेट पार्टनर डिशहोम फाइबर नेट थिए । कार्यक्रमलाई कृषि विकास बैंक, सिप्रदी ट्रेडिङ, स्ट्रोम, रिलायबल लाइफ इन्स्योरेन्स, प्रोग्रेशिभ फाइनान्स लिमिटेड, नेशनल लाइफ इन्स्योरेन्स, महिला उद्यमी महासंघ नेपाल, नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल राष्ट्र बैंकले पनि सहयोग गरेका थिए ।  

सम्बन्धित सामग्री

असोज १२ र १३ गते एनएमए नेशनल हेल्थ समिट हुँदै

असोज १२ र १३ गते एनएमए नेशनल हेल्थ समिट हुने भएको छ।  नेपाल चिकित्सक संघले काठमाडौंमा  ‘एनएमए नेशनल हेल्थ समिट २०२३’ को आयोजना गर्ने भएको हो।

सरकार र निजी क्षेत्रको साझेदारीमा बिजनेस समिट

सरकार र निजी क्षेत्रको साझेदारीमा नेपाल बिजनेस समिट २०२३ आयोजना हुने भएको छ । सरकार र निजी क्षेत्रबीचको दुरी कम गदैं उद्यमी ब्यवसायी र बैंक,बित्तीय क्षेत्रको मनोवल बढाउन समिट आयोजना गरिन लागेको हो । समिट संघीय सरकारको उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालय, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) तथा नेपाल विजनेस इन्स्टिच्युटको संयुक्त आयोजनामा […]

पावर समिट २०२३ काठमाडौंमा हुने

काठमाडौंमा पावर समिट २०२३ आयोजना हुने भएको छ । नेपालको हरित ऊर्जाको बजारका लागि ढोकाहरू पहिचान गर्न र त्यसलाई खोल्नका लागि मार्ग प्रशस्त गर्ने अपेक्षासहित अगामी मार्च २० देखि २९ सम्म पावर समिट २०२३ आयोजना हुने भएको हो । पावर समिटमा व्यापारिक र व्यवसायिक संयन्त्रलाई प्रगाढ बनाउने, विद्युत ऊर्जाको विकास र बजार निर्माणका लागि धेरै […]

पाँचौं नेपाल युवा साइन्स समिट सम्पन्न

पाँचौं नेपाल युवा साइन्स समिट सम्पन्न भएको छ । शनिबार र आईतबार काठमाडौंको दरबार हाइविद्यालयमा आयोजना भएको उक्त समिट उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको हो ।  कार्यक्रममा केएआईएसका वरिष्ठ वैज्ञानिक तथा निर्देशक डा. बसन्त गिरीले नेपालमा स्नातक तहका विद्यार्थीहरूका लागि अनुसन्धानको अवसर र सम्भावना बारे कि नोट दिएका थिए ।  विज्ञान र प्रविधिमा रूची भएकाहरूको आईडिया र...

पाँचौं नेपाल युथ साइन्स समिट सुरू

पाँचौ नेपाल युथ साइन्स समिट सुरू भएको छ । काठमाडौंको दरबार हाई स्कुलमा शनिबारदेखि सुरू भएको समिट आईतबारसम्म सञ्चालन हुनेछ ।  समिटमा विज्ञान, प्रविधि र इन्नोभेसनसँग सम्बन्धित विभिन्न गतिविधि हुनेछन् । बिहान १० बजेदेखि साँझ ६ बजेसम्म दुई दिन सञ्चालन हुने कार्यक्रममा प्रमुख अतिथिको रूपमा बागमति प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठको उपस्थिति रहेको छ...

दराजले आयोजना गर्‍यो पहिलो वार्षिक दराज समिट

दराज अनलाइन बजारले आफ्नो पहिलो वार्षिक दराज समिट सम्मेलन आयोजना गरेको छ ।

दराजको पहिलो वार्षिक दराज समिट सम्पन्न

दराज नेपालको अग्रणी अनलाइन बजारले आफ्नो पहिलो वार्षिक दराज समिट सम्मेलन सम्पन्न गरेको छ।

दराजको पहिलो वार्षिक दराज समिट

नेपालको अनलाइन बजार दराजले आफ्नो पहिलो वार्षिक दराज समिट आयोजना गरेको छ । काठमाडौंमा भएको एक दिनको कार्यक्रममा आ–आफ्ना क्षेत्रका विज्ञहरूसहित तीन फरक प्यानल मा इ–कमर्स डिजिटल कमर्सका बारेमा छलफल भएको...

दराज समिट सुरू

दराज समिट सुरू २०२२ भएको छ । काठमाडौं याक एण्ड यति होटलमा दराजको वार्षिक कार्यक्रम ‘दराज समिट’ सुरू भएको हो । ई-कमर्शको विकास र विस्तार बारे समिटमा छलफल हुनेछ । समिटमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेश प्रसाद पाण्डे, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्याल, राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवल प्रसाद भण्डारी, प्रधानमन्त्रीका...

हुम्लामा समिट एयरले पनि थाल्यो खाद्यान्न ढुवानी

सिमकोट – हुम्लामा समिट एयरको जहाजले पनि खाद्यान्न ढुवानी थालेको छ। यसअघि सीता एयरले मात्रै हुम्ला खाद्यान्न ढुवानी गर्दै आएको थियो। समिट एयर थपिएपछि नेपालगञ्ज र सुर्खेतबाट खाद्यान्न ढुवानी सहज भएको खाद्यान्न व्यवस्था तथा व्यापार लिमिटेड कम्पनीले जनाएको छ। कम्पनीले खाद्यान्न ढुवानीमा अनुदान दिँदै आएको छ। कम्पनीको हुम्ला शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले केही दिनदेखि दुई […]