२९ कात्तिक, काठमाडौं । नागरिक समाजको एक समूहले प्रधानन्यायाधीशमाथि शीघ्र छानबिन गरी स्वतन्त्र न्यायपालिका कायम राख्न सरकारसँग माग गरेका छन् । सोमबार विज्ञप्ति जारी गरी उनीहरुले प्रधानन्यायाधीशको अविश्वसनीय गतिविधि, कार्यसम्पादन तथा न्यायिक कार्यक्षमतामाथिको प्रश्न र उनीमाथि लागेको भ्रष्टाचारलगायत न्यायिक विचलनको सवाललाई तत्काल सम्बोधन गर्नुपर्ने बताएका छन् । उनीहरुले न्यायाधीश नियुक्तिमा देखिएको अपारदर्शिता र राजनीतिक प्रभाव, […]