रिसाए बालेन्द्रः जथाभावी फोहोर फाल्नेलाई खोजेर २५ हजार जरिवाना
घर–घरबाट संकलन गरेको फोहोर धोविखोलामा फाल्ने एउटा कम्पनीलाई काठमाण्डौं महानगरपालिकाले २५ हजार रुपैयाँ जरिवाना तिराएको छ।
महानगरपालिका ९ स्थित प्राक्टिकल वेष्ट सोलुसन प्रालिलाई महानगरले जरिवान तिराएको हो। नियमविपरित खोलामा फोहोर फालेको भन्दै ...
नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्ने कार्य निरन्तर जारी राखेको छ । सडक तथा सार्वजनिक स्थानमा फोहोर फाल्ने पसल, व्यवसाय र संस्थालाई निरुत्साहित गर्ने उद्देश्यले शुरु गरिएको कारबाही निरन्तर जारी नै रहेको पाइएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाले जथाभावी फोहोर फ्याँक्नेलाई जरिवाना गर्न थालेको छ । संयुक्त बजार अनुगमनका क्रममा धम्बोझीस्थित नन्दादेवी कन्सर्नलाई सडकमा फोहोर (औषधिजन्य) फ्याँकेवापत् १० हजार रुपैयाँ जरिवाना गरेको हो ।
काठमाडौं महानगरपालिकाले कुलेश्वरस्थित नेपाल फलफूल थोक व्यवसायी संघलाई ५० हजार जरिवाना तिराएको छ । सडकपेटी र सडकमा जथाभावी फोहोर फालेपछि महानगर नगर प्रहरीले संघलाई जरिवाना तिराएको हो ।
महानगरका नगर प्रहरी प्रमुख राजुनाथ...
काठमाडौं : सार्वजनिक स्थानमा फोहोर फाल्ने बढेपछि काठमाडौं महानगरपालिकाले निगरानी बढाएको छ। हरेक दिन रात्रिकालीन अनुगमन गर्न थालेको बताइएको छ। जथाभावी फोहोर फालेको भन्दै कामपाले गत साता जरिवानास्वरूप १५ हजार रुपैयाँ असुलेको छ। बिहीबार राति वडा नं. १४ को कुलेश्वर क्षेत्रमा बा ४ च ३३४ नम्बरको गाडीले बोरामा हालेको फोहोर फाल्दै गर्दा कामपाको रात्रिकालीन अनुगमन टोलीले पक्राउ गरी जरिवाना असुल गरेको हो। जरिवाना असुल गरी उक्त गाडीलाई फोहोर जथाभावी नफाल्ने शर्तमा रिहा गरेको काम
सिन्धुली । सिन्धुली जिल्लाको बीपी राजमार्गमा जथाभावी रुपमा फोहार फ्याक्ने जोकोहीलाई पनि सुरक्षाकर्मीले पक्राउ गरी पाँच हजार जरिवाना गर्ने भएको छ । मित्रराष्ट्र जापान सरकारको अनुदान सहयोगमा निर्माण भएको राजमार्गमा प्लास्टिकजन्य सामग्री सवारी साधनबाट फाल्दा वातावरणीय प्रदुषण बढेको अवस्थामा सो नियम लागू गरिएको कमलामाई नगरपालिकाले जनाएको छ । पछिल्लो समयमा नेपालकै नमूना र सुन्दर सडकको […]
५ चैत, काठमडौं । काठमाडौं महानगरपालिकाले जथाभावी विज्ञापनको पर्चा–पम्पलेट बाँडेर फोहोर गरेको भन्दै एक रोजगार कम्पनीलाई कारबाही गरेको छ । महानगरपालिकाले काठमाडौं ७ मा रहेको सादना जबलाई प्रशासनिक दण्ड जरिवाना अन्तर्गत फोहोर मैला गरे वापत ५ हजार रुपैयाँ तिराएको हो । काठमाडौं महानगरपालिका सफा राख्ने प्रयास गरेको भन्दै आफ्नो विज्ञापनको पर्चा, पम्पलेट, फ्लेक्सबाट फोहोर भएर […]
११ भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले जथाभावी फोहोर फाल्ने तथा सडक अतिक्रमण गर्नेलाई जरिवाना तिराएको छ । जरिवाना बापत गत आर्थिक वर्ष २०७७÷७८ मा ७८ हजार १ सय रुपैयाँ राजश्व संकलन भएको छ । वीरगञ्ज महानगरपालिकाको फोहोरमैला व्यवस्थापन ऐन २०७५ अन्तर्गत उनीहरुलाई कारबाही गरिएको महानगरले जनाएको छ । ऐनमा कसूर अनुसार ५ सय देखि १ […]
बीपी राजमार्गलाई फोहोर बन्न नदिन र सफा राख्न नयाँ अभियान सुरु गरिएको छ । सडक सफा राख्न सिन्धुलीबाट अभियान सुरु गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रहरी सहायक निरीक्षक रामेश्वर पाण्डेले अहिले बीपी राजमार्गमा जथाभावी फोहोर नफाल्न हरेक गाडीलाई रोकेर सम्झाउने काम भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सम्झाउने काम १५ दिनसम्म गर्छौं । त्यसपछि जथाभावी फोहोर फाल्ने गाडीलाई नगरपालिकाको रसिदमा पाँच हजार रुपियाँसम्म जरिवाना सुरु गर्छौं ।” डिभिजन वन कार्यालयको आर्थिक सहयोग, कमलामाई नगरपालिका र जिल्ला प्रहरी कार्यालयको समन्वयमा अभियान सुरु गरिएको छ ।