२० असोज, काठमाडौं । काठमाडौंको महाराजगञ्जमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् । नारायणगोपाल चोकबाट शितल निवासतर्फ आउँदै गरेको बा ४२ प ३३१४ नम्बरको स्कुटर ट्राफिक आइल्याण्डमा ठोक्किएर दुर्घटना हुँदा नुवाकोटको शिवपुरी गाउँपालिका–४ का २० वर्षीय आनन्द गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका […]