काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६, फूलबारी गेटनजिक स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । स्कुटर चालक काठमाडौँको नारायणस्थान बस्ने २६ वर्षीय विकास पुतवारको मृत्यु भएको हो । गए राति करिब पौने १२ बजे फूलबारी गेटबाट गोलढुंगातिर जाँदै गरेको बा६६प ३९८७ नम्बरको स्कुटर अनियन्त्रित भई पल्टिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका पुतवारको उपचारका क्रममा राष्ट्रिय […]