पोखरामा 'ट्राइयाथलन' प्रतियोगिता हुँदै, १७ देशका ३५ खेलाडी सहभागी हुने

काठमाण्डाै - विश्वकै कठिन मानिने ‘एक्स्ट्रिम वर्ल्ड टुर ट्राइयाथलन’ अन्तर्राष्ट्रिय साहसिक ट्राइयाथलन अन्तर्गतको ‘हिमालयन एक्सट्राइ’ पोखरामा हुने भएको छ । वैशाख २४ हुने प्रतियोगितामा १७ देशका ३५ जना प्रतिस्पर्धीले सहभागिता जनाउने हिमालयन एक्सट्राइका आयोजक तथा प्रतियोगिताका निर्देशक रिक्की योन्जनले जानकारी दिए । प्रतियोगिता पोखराको फेवातालमा ३ दशमलव ८ किलाेमिटर पौडी, १८० किलोमिटर साइक्लिङ र ४० किलोमिटर दौड हुनेछ । प्रतियोगिता फेवातालमा पौडीबाट सुरुवात हुनेछ । पौडीपछि लगत्तै प्रतियोगीहरुको साइक्...

सम्बन्धित सामग्री

एसियाली जुनियर टेबलटेनिसमा पाँच खेलाडी सहभागी हुने

कतारको दोहामा हुने २५औँ एसियाली जुनियर टेबलटेनिस प्रतियोगितामा नेपालबाट पाँच खेलाडी सहभागी हुने भएका छन् । यही असार ३१ देखि साउन ६ गतेसम्म हुने उक्त प्रतियोगितामा ३ पुरुष र २ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पुरुष खेलाडीमा सुजन गडाल, विशाल गोले र घनन्जय दाहाल छन् भने महिलामा शुभश्री श्रेष्ठ र सुस्मिता खड्का …

एसियाली एथ्लेटिक्समा ७ नेपाली खेलाडी सहभागी हुने

२३ असार, काठमाडौं । थाइल्यान्डको पटायामा हुने २५ औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट ७ खेलाडी सहभागी हुने भएका छन् । जसमा ५ पुरुष र २ महिला रहेका छन् । जुलाइ १० देखि १७ तारिखसम्म हुने प्रतियोगिताको दीपक अधिकारीले १० हजार मिटर दौड, मुकेश पालले १५०० र ५ हजार मिटर दौड, सोमबहादुर कुमालले ४ सय र […]

चौथो जुम्ला–रारा अल्ट्रा म्याराथनमा २५० खेलाडी सहभागी

जुम्ला : जुम्लामा चौथो जुम्ला–रारा अल्ट्रा म्याराथन प्रतियोगिता २५० खेलाडी सहभागी भएका छन्। रारा ४९ किलोमिटर दौड, ५ हजार मिटर र १ हजार मिटर दौड प्रतियोगिता आयोजना गरिएको हो।४९ किलोमिटर दौडमा १२ महिलासहित ५१ जना, १ हजार मिटर दौडमा ८७ जना र ५ हजार मिटर दौडमा १०७ जना  खेलाडी गरी करिब साढे २ सय खेलाडी प्रतियोगितामा सहभागी भएका हुन्।  प्रतियोगिताको कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गरे। उनले कर्णालीको आर्थिक सामाजिक तथा पर्यटन विकासका लागि खेल क्षे

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता : बेनीमा तेक्वान्दो, ३३० जना खेलाडी सहभागी

म्याग्दी : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा तेक्वान्दो खेल सुरु भएको छ। राष्ट्रिय खेलकुद परिषद्ले आयोजना गरेको प्रतियोगिता बेनीको कालीपुल कबर्डहलमा कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ। सात वटा प्रदेश, तीन वटा विभागीय र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)का तीन सय ३० जना खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समितिले जनाएको…

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता : सुदूरपश्चिमबाट सात सय खेलाडी सहभागी हुँदै

काठमाडौँ,२४ भदौ । आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशको राजधानी पोखरामा हुन गइरहेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिम प्रदेशबाट सात सय बढी खेलाडी सहभागी हुने भएका छन् । नवौँ राष्ट्रिय खेलकुदमा खेलाइने ३६ मध्ये ३३ खेलमा सुदूरपश्चिमले भाग लिने प्रदेश खेलकुद परिषद्का सदस्य सचिव दीपक सिंहले जानकारी दिए । उनका अनुसार सुदूरपश्चिम […]

जुम्ला–रारा अल्ट्रा म्याराथनमा चार सयभन्दा बढी खेलाडी सहभागी हुने

जुम्ला- यही चैत २६ गते हुने तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथनको तयारी पूरा भएको छ । कर्णालीको पर्यटन प्रबद्र्धन तथा उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्र स्थापना गर्ने उद्देश्यका साथ जुम्लामा तेस्रो पटक म्याराथनको आयोजना गरिएको हो ।बिहिबार पत्रकार सम्मेलन गर्दै कर्णाली स्पोर्टस क्लबले तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथनमा देश विदेशका झण्डै ४ सय बढी खेलाडी सहभागी हुने […]

वीरगंजमा दुई दिने तेकवान्दो प्रतियोगिता शुरु, ५ जिल्लाका ७० खेलाडी सहभागी

वीरगंज : वीरगंज-३ छपकैयामा दुई दिने तेकवान्दो प्रतियोगिता शुरु भएको छ। छपकैया तेकवान्दो डोजाङ वीरगंजद्वारा आयोजित प्रतियोगितामा पर्सा, बारा, मकवानपुर, चितवन, सर्लाहीका करिब ७० जना खेलाडी सहभागी भएका छन्। स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने र खेलाडीको मूल्यांकन गरी पुरस्कृत गर्ने अभिप्रायले प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाका प्रशिक्षक मन्सुर हकले जानकारी…

राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा ५० खेलाडी सहभागी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण हिजोबाट सुरु भएको छ । गत साताबाट प्रारम्भिक चरणको बन्द प्रशिक्षण सुरु गर्ने भनिएपनि खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएपछि प्रशिक्षण रोकिएको थियो । हिजोबाट एन्फा कम्प्लेक्सको मैदानमा बन्द प्रशिक्षण सुरु भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणका लागि ५० […]

टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडी सहभागी हुने

काठमाडौं । यही महिना जापानमा सुरु हुने टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडी सहभागी हुने भएका छन् । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अनुसार नेपालबाट टोकियो ओलम्पिकमा खेल्ने पाँच खेलाडीको टुङ्गो लागेको हो । पौडीका गौरीका सिंह र एलेक्स शाह, एथ्लेटिक्सका गोपिचन्द्र पार्की, सुटिङकी कल्पना परियार र जुडोकी सोनिया भट्टले आसन्न ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्नेछन् । सुटिङकी […]