१८ भदौ, गोरखा । पृथ्वी राजमार्गको नौबिसे-मुग्लिन सडकखण्डको नाग्दीखोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ । सडकमाथिबाट ढुंगासहित खसेको सुख्खा पहिरोका कारण यातायात अवरुद्ध भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । अहिले पहिरो हटाउने काम भइरहेको प्रहरी निरीक्षक सूर्यबहादुर रानाले बताए । ‘डोजर लगाएर पहिरो हटाउने काम भइरहेको छ,’ उनले भने ।