दानिश समाचार एजेन्सी रोयटर्सका पत्रकार थिए । रोयटर्सले उनको मृत्युको पुष्टि गर्दै संघर्षका बेला एक वरिष्ठ अफगान अधिकारीको पनि मृत्यु भएको जानकारी दिएको छ ।
रोयटर्स समाचार एजेन्सीका लागि काम गर्दै आएका भारतीय फोटो पत्रकार दानिश सिद्दीकी अफगानिस्तानमा सरकारी सुरक्षा बल र तालिबान लडाकुबीचको संघर्षका क्रममा मारिएका छन् ।रोयटर्स समाचार एजेन्सीले उनको मृत्यु भएको पुष्टि गरेको छ । एक अफगान कमाण्डरलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार अफगानिस्तानको विशेष सुरक्षा बलको एउटा टुकडीले स्पिन बोल्डक सहरलाई पुनः नियन्त्रणमा लिन प्रयास गरिरहेको समयमा तालिबान लडाकुसँग मुठभेड भएको थियो । सोही क्रममा फोटो पत्रकार दानिशका साथै एक अफगान अधिकारी पनि मारिएको जनाइएको
अफगानिस्तानमा रोयटर्सका पत्रकार मारिएका छन् । अफगानिस्तान र तालिबानबीचको मुठभेडको समाचार सङ्कलन गर्ने क्रममा दानिस सिद्दीकी मारिएका हुन् ।
एकजना अफगानिस्तानका कमाण्डरका अनुसार पाकिस्तान नजिकको सीमा क्षेत्रमा भिडन्तको क्रममा सिद्दीकीसहित एकजना अफगानिस्तान सुरक्षा अधिकारीलाई गोली लागेको हो । सिद्दीकी पछिल्लो सातादेखि अफगानिस्तान सुरक्षाकर्मीसँग बसेर भिडन्तको समाचार सङ्कलन गर्दै आउनुभएको थियो । पाकिस्तान नजिकको स्पिन बोल्डाक बजार तालिबानबाट नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीसँग भिडन्त भएको थियो ।
एजेन्सी। अफगानिस्तानको कन्धहरमा भारतीय पत्रकार दानिश सिद्धिकी मारिएका छन्। भारतका लागि अफगानिस्तानका राजदूत फरिद मामुन्दजईले घटनाको पुष्टि गरेका हुन्। “गए राती कन्धहर मा आ मित्र दानिश सिद्धिकीको मारिएको खबरले दुःखी छु,” राजदूत फरिदले लेखेका छन्। सिद्धिकी अफगान सुरक्षाकर्मीको साथ रहेका थिए। अफगान टेलिभिजन च्यानल टोलो न्युजका अनुसार सिद्धिकी कन्धहरको स्पिन बोल्डाक जिल्ला चलिरहेको सङ्घर्षको रिपोर्टिङको सिलसिलामा भएको हो।