प्रधानमन्त्री शेरबहादुर देउवाले आज शनिवार सर्वदलीय बैठक बोलाएका छन् ।
उनले बिहान ९ बजेका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठक बोलाएका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार स्थानीय तहको निर्वाचनका साथसाथै कोरोना नियन्त्रण लगायतका विषयमा छलफल गर्न देउवाले बैठक बोलाएका हुन् ।
शुक्रवार बसेको सत्ता गठबन्धनको बैठकले चुनावको मितिबारे निर्वाचन आयोग र विज्ञहरूसँग छलफल गरेर अघि बढ्ने निर्णय लिएको थियो ।
चुनावका सन्दर्भमा गठबन्धनभित्रै एकमत नहुँदा समस्या उत्पन्न हुँदै आएको छ । निर्वाचन आयोगले भने वैशाखमा निर्वाचन गर्...