२५ वर्षीय युवा छिन्नमस्ताको अध्यक्षमा विजयी

काठमाडौं,८ जेठ । सप्तरीको छिन्नमस्ता गाउँपालिकामा युवा अध्यक्षमा विद्यानन्द चौधरी विजयी भएका छन् । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का २५ वर्षीया चौधरी अध्यक्षमा निर्वाचित भएका हुन् । उनले जिल्ला समन्वय समितिका निवर्तमान प्रमुख, गाउँपालिकाका निवर्तमान अध्यक्ष, तत्कालीन गाविसका पूर्वअध्यक्षलगायत १२ उम्मेदवारलाई पछि पार्दै २ हजार ८९५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी जनता […]

सम्बन्धित सामग्री

धनगढी-१६ मा माओवादीका चौधरी विजयी

धनगढी उपमहानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका रामलाल चौधरी विजयी भएको छन् ।माओवादी केन्द्रका युवा नेता चौधरी धनगढी १६ बाट अध्यक्ष पदमा निर्वाचित भएको नेता डिल्ली राज भट्टले जानकारी दिए । आठ सय ४० मत ल्याएर चौधरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेपाली काँग्रेसका खेमबहादुर चन्दले सात सय ८७ मत पाए ।

पर्साकाे कालिकामाई गाउँपालिका अध्यक्षमा २१ वर्षीय युवा विजयी

पर्सा – पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा २१ वर्षीय युवा विजयी हुनुभएको छ । कालिकामाई गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका वशिष्ट कुमार र उपाध्यक्षमा कांग्रेसकी राजमती बरैनी विजयी हुनुभएको छ ।  अध्यक्ष पदका उम्मेदवार वशिष्ट कुमारले तीन हजार सात सय १९ मत र उहाँका प्रतिस्पर्धी कांग्रेसका अजय कुमारले तीन हजार ६ सय पाँच मत प्राप्त गर्नुभएको छ ।  यस्तै उपाध्यक्षमा कांग्रेसकी राजमती बरैनीले तीन हजार नौ सय ६१ र उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टीका सहानी खातुनले तीन हजार आठ सय ३६ मत प्राप्...

पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा २१ वर्षीय युवा निर्वाचित

पर्साको कालिकामाई गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी नेपाल (जसपा) र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा निर्वाचित वशिष्ट गुप्ता २१ वर्षीय युवा हुन् । उनले भारतको देहरादुनबाट बीबीएसम्म अध्ययन गरेका छन् ।

पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा २१ वर्षीय युवा निर्वाचित

पर्साको कालिकामाई गाउँपालिका अध्यक्षमा जनता समाजवादी पार्टी नेपाल (जसपा) र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा निर्वाचित वशिष्ट गुप्ता २१ वर्षीय युवा हुन् । उनले भारतको देहरादुनबाट बीबीएसम्म अध्ययन गरेका छन् ।

डिलाशैनीमा स्वतन्त्र उम्मेदवार विजयी

बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोसप्रकाश जोशी विजयी भएका छन् । जोशीले सत्ता गठबन्धनका उम्मेदवार लोकेन्द्र राना शितललाई ५२१ मतले पछि पारेर जित हासिल गरेका छन् । उपाध्यक्षमा कांग्रेसका भगीरथ बोहरा विजयी भएका छन् । युवा संघका तत्कालिक प्रदेश अध्यक्ष रहेका जोशीले एमालेबाट टिकट नपाएपछि स्वतन्त्रको प्यानल बनाएर चुनाव लडेका थिए । अध्यक्षमा जोशीले ३ हजार १सय ८९ मत ल्याई विजइ हुँदा माओवादी केन्द्रका रानाले २ सय ६४१ मात्रै ल्याएकाछन् । उपाध्यक्षमा बोहराले ३ ह

एमालेबाट टिकट नपाएका जोशी स्वतन्त्र लडेर बने अध्यक्ष

बैतडी – बैतडीको डिलाशैनी गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार सन्तोसप्रकाश जोशी विजयी भएका छन् । जोशीले सत्ता गठबन्धनका उम्मेदवार लोकेन्द्र राना शितललाई ५२१ मतले पछि पारेर जित हासिल गरेका छन् । युवा संघका तात्कालिक प्रदेश अध्यक्ष रहेका जोशीले एमालेबाट टिकट नपाएपछि स्वतन्त्रको प्यानल बनाएर चुनाव लडेका थिए । अध्यक्षमा जोशीले ३ हजार १सय ८९ मत ल्याई […]

माओवादीले वर्चश्व जमाएको जुम्लाको हिमामा काँग्रेस विजयी

जुम्लाको हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका लक्ष्मण शाही निर्वाचित भएका छन् । उनले नेकपा माओवादी केन्द्रका अम्मरराज शाहीलाई पराजित गरेका हुन् । काँग्रेसका निर्वाचित शाहीले एक हजार ८ सय ७२ मत ल्याएर विजयी भए भने माओवादीका शाहीले एक हजार ४२३ मत प्राप्त गरेका छन् । उनी अखिल क्रान्तिका युवा नेता समेत हुन् । यस्तै उपाध्यक्षमा पनि काँग्रेसकै सुर्पना शाही विजयी भएकी छन् उनले एक हजार ६१८ मत ल्याएकी छन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रकी कल्पना दमाईले एक हजार ४८९ मत ल्याएकी छन्

नवलपुर बुलिङटार गाउँपालिकाको अध्यक्षमा एमालेबाट २७ वर्षे युवा अध्यक्षमा विजयी

नवलपरासी - नवलपरासी (बर्दघाट सुस्ता पूर्वको) बुलिङटार गाउँपालिका अध्यक्षमा नेकपा एमालेबाट २७ वर्षे युवा दीपेन्द्र सुनारी विजयी हुनुभएको छ । सुनारीले ४०४९ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका शशिकिरण वस्ताकोटीले ३९०० मत प्राप्त गर्नुभएको हो । उपाध्यक्षमा नेपाली कांग्रेसका दिलमाया राना मगर ४२३९ मत ल्याएर विजयी हुनु भएको छ । नेकपा एमालेका भूमिका खण्डलुकले ३५१९ मत प्राप्त गर्नुभयो ।

बुद्धशान्ति गाउँपालिका-१ मा एमाले प्यानलसहित विजयी

झापा  :  बुद्धशान्ति गाउँपालिका १ मा नेकपा एमालेले वडा अध्यक्षसहित प्यानल नै जितेको छ। निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हेमन्त बराललाई ६९३ मतान्तरलाई हराउँदै एमालेका अनिल वाग्ले वडा अध्यक्षमा विजयी भएका हुन्।वाग्ले २०४३ मत र बरालले १३५० मत प्राप्त गरेका छन्।  त्यस्तै, राप्रपाका गिरिराज दंगालले ७५१ मत प्राप्त गरेका छन्। वडा अध्यक्ष निर्वाचित वाग्ले पत्रकारसँगै युवा उद्यमी पनि हुन्।उनी बुधबारे जेसीजका निवर्तमान अध्यक्ष, बुद्ध शान्ति प्रेस क्लबका अध्यक्ष तथा पूर्वेली साप्

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी, कमल थापा पराजित

राप्रपाको अध्यक्षमा कमल थापालाई हराउँदै युवा नेता राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मतपरिणामबाट थापालाई २२७ मतले  हराउँदै लिङ्देन विजयी भएका हुन् । निर्वाचन समितिका संयोजक हरिबहादुर बस्नेतले लिङ्देन १८४४ मतका साथ विजयी भएको जानकारी दिए । यस्तै पराजित थापाले १६१७ मत ल्याए । मतगणनामा ४३१ मत बदर भएको बस्नेतको भनाइ छ। राप्रपाको नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान भएको थियो भने आज रातभर मतगणना भएको थियो ।