उनीहरुका अनुसार खोला किनारबाट जग खनेर बनाइएको सडक सामान्य चर्कनेदेखि ६ इन्चसम्मको धाँजा फाटेर जोखिमयुक्त बनेको छ। तर, मर्मत गर्नुको साटो धाजा फाटेको ठाउँमा माटो थुपारेर यात्रुको आँखा छल्ने काम भएको छ।...
काठमाडौं । बागमती प्रदेशसभा सदस्य सुरजचन्द्र लामिछानेले काठमाडौं महानगरपालिका वडा नं ३१ अन्तर्गत मदन भण्डारी सडक खण्डको शान्तिनगर क्षेत्रमा आकाशेपुल निर्माणका लागि सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुखको ध्यानाकर्षण गराएका छन् । लामिछानेले उक्त स्थानमा सयौंको संख्यामा दुर्घटना हुँदा ठूलो मानवीय क्षति भइसकेको र सडक वारपार गर्ने क्रममा धेरै पैदलयात्री मारमा परेको कार्यालय प्रमुखलाई अवगत गराएका छन् ।
स्थानीय व्यक्ति, नागरिक समाज र स्थानीय संघसंस्थाले प्रयागमार्ग र आलोकनगर जोड्ने आकाशेपुलको आवश्यकता औंल्याएको लामिछानेले बताए ।
उक्त स्थानमा आकाशेपुलको आवश्यकतालाई कसैले पनि नकार्न नसक्ने उनको भनाइ छ । उनले कार्यालय प्रमुखलाई बुझाएको ज्ञापनपत्रमा पैदलयात्रीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यथाशीघ्र योजना अघि बढाउन सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराइएको छ । लामिछाने काठमाडौं जिल्ला क्षेत्र नं १ प्रदेश २ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।
काठमाडौं। राष्ट्रिय गौरवका आयोजना अन्तर्गत रहेको मदन भण्डारी सडक आयोजनामा ३९२ किलोमिटर सडकको अझै ठेक्का लाग्न बाँकी रहेको छ। सडक विभागले निकालेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक प्रगति प्रतिवेदन अनुसार यस सडक आयोजनामा ३९२ किलोमिटर सडकको ठेक्का लाग्न बाँकी रहेको छ। हालसम्म यस आयोजनामा २६१ किलोमिटर सडक कालोपत्रे गर्ने काम सम्पन्न भएको छ। यस्तै ८७ […]
सिन्धुली । सिन्धुलीमा मदन भण्डारी लोकमार्गको काम सम्पन्न भएर राजमार्गमा यातायातका साधनहरु सञ्चालन भएपछि पर्यटकीय राजमार्ग भएको छ। करिब २० मिटर चौडा भएकाे नयाँ सडकमा यात्रा गरी मनोरञ्जन लिनका लागि यस वर्षको दशैँसँगै सार्वजनिक तथा निजी सवारीका साधनहरुको घुइँचो लाग्न थालेको हाे । विगत निर्माणको समयमा धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा राजमार्ग नाम दिइएको थियाे । तर अहिले सोही […]
उनीहरुका अनुसार खोला किनारबाट जग खनेर बनाइएको सडक सामान्य चर्कनेदेखि ६ इन्चसम्मको धाँजा फाटेर जोखिमयुक्त बनेको छ। तर, मर्मत गर्नुको साटो धाजा फाटेको ठाउँमा माटो थुपारेर यात्रुको आँखा छल्ने काम भएको छ।
उनीहरुका अनुसार खोला किनारबाट जग खनेर बनाइएको सडक सामान्य चर्कनेदेखि ६ इन्चसम्मको धाँजा फाटेर जोखिमयुक्त बनेको छ। तर, मर्मत गर्नुको साटो धाजा फाटेको ठाउँमा माटो थुपारेर यात्रुको आँखा छल्ने काम भएको छ।
गाईघाटमा रहेको लोकमार्ग रेखदेख गर्ने ‘मदन भण्डारी राजमार्ग कार्यालय’ साउनेदेखि उठेकाले सडक बिग्रे भत्केमा तत्काल मर्मत गर्न समस्या हुँदै आएको व्यवसायीहरु बताउँछन्।...
सरकारले बजेटमार्फत घोषणा गरेको पूर्व–पश्चिम मदन भण्डारी मार्ग प्रधानमन्त्री केपी ओलीको अघिल्लो कार्यकालमा नै चतरा– हेटौँडा द्रुत सडकका रूपमा निर्माण थालिएको थियो । त्यतिवेला पूर्वको प्रस्थान बिन्दु सुनसरीको चतरा कायम गरिएको थियो । पूर्व–पश्चिम...पूरा पढ्नुहोस् »