आकाशेपुल निर्माणका लागि प्रदेशसभा सदस्यद्वारा ध्यानाकर्षण

काठमाडौं । बागमती प्रदेशसभा सदस्य सुरजचन्द्र लामिछानेले काठमाडौं महानगरपालिका वडा नं ३१ अन्तर्गत मदन भण्डारी सडक खण्डको शान्तिनगर क्षेत्रमा आकाशेपुल निर्माणका लागि सडक डिभिजन कार्यालय काठमाडौंका प्रमुखको ध्यानाकर्षण गराएका छन् । लामिछानेले उक्त स्थानमा सयौंको संख्यामा दुर्घटना हुँदा ठूलो मानवीय क्षति भइसकेको र सडक वारपार गर्ने क्रममा धेरै पैदलयात्री मारमा परेको कार्यालय प्रमुखलाई अवगत गराएका छन् । स्थानीय व्यक्ति, नागरिक समाज र स्थानीय संघसंस्थाले प्रयागमार्ग र आलोकनगर जोड्ने आकाशेपुलको आवश्यकता औंल्याएको लामिछानेले बताए । उक्त स्थानमा आकाशेपुलको आवश्यकतालाई कसैले पनि नकार्न नसक्ने उनको भनाइ छ । उनले कार्यालय प्रमुखलाई बुझाएको ज्ञापनपत्रमा पैदलयात्रीको सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै यथाशीघ्र योजना अघि बढाउन सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराइएको छ । लामिछाने काठमाडौं जिल्ला क्षेत्र नं १ प्रदेश २ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

सम्बन्धित सामग्री

मनाङको विकास निर्माणमा प्रदेशको चासो

मनाङ, १ चैत । हिमाली जिल्ला मनाङको विकास निर्माणमा गण्डकी प्रदेशले चासो दिएको छ । मनाङको विकास निर्माणका लागि विभिन्न योजनालाई प्राथमिकतामा राखी आर्थिक वर्ष २०८०/८१ को वार्षिक विकास कार्यक्रमअन्तर्गतका योजना निर्माणलाई बजेट विनियोजन गरिएको छ । प्रदेश सरकारबाट ‘तालदेखि कार्ते, धारापानीसम्मको पदमार्ग चामे गाउँपालिका–२ मनाङ’ आयोजनालाई बजेट प्राप्त भएको गण्डकी प्रदेशसभा सदस्य मुनिन्द्रजङ्ग गुरुङले […]

ताप्लेजुङका ९ मध्ये ४ वटा पालिकाकाे आफ्नै प्रशासकीय भवन

ताप्लेजुङ – ताप्लेजुङका नौ वटा पालिकामध्ये चार वटाले आफ्नै प्रशासकीय भवनबाट सेवा दिन शुरु गरेका छन् । मेरिङ्देन गाउँपालिकाले आज मङ्गलवारदेखि आफ्नै प्रशासकीय भवनमा कार्यालय सञ्चालन गरेको छ । गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको प्रदेशसभा सदस्य खगेनसिंह हाङ्गामले उद्घाटन गर्नुभएको छ । गाउँपालिकाका इन्जिनियर पवन पौडेलले पाँच करोड ६१ लाख ४७ हजार रुपैयाँकाे लागतमा प्रशासकीय भवन निर्माण भएकाे जानकारी दिनुभयो । भवन निर्माणका लागि २०७७ असाेज ५ गते गाउँपालिका र मालिकादेवी हिमालय जेभी कम्पनीसँग सम्झौता भएको ...

शिवराजमा पृथ्वीनारायणको सालिक शिलान्यास

चन्द्रौटा : कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ३ खरेन्द्रपुर चोकमा पृथ्वीनारायण शाहको सालिक स्थापना हुने भएको छ। बुधवार ३०१ औँ जन्मजयन्तीका अवसरमा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसीले शिलान्यास गरेका हुन्।२५ लाख रुपैयाँ लागतमा निर्माण हुने सालिक सहित पार्क पनि बनाइने बताइएको छ। सालिक शिलान्यास गर्दै लुम्बिनी प्रदेशसभा सदस्य केसीले पुर्खा र पूर्वजलाई सम्मान गर्नुपर्ने बताए।बाइसे चौबीसे राज्य रहेको अवस्थामा एकीकरण गरी सिंगो नेपाल निर्माणका नायकको जन्मजयन्तीकै अवसरमा सालिक शिलान्यास गरिनु

अन्तर प्रदेश जोड्ने सडक निर्माण गर्न कालीकोट र अछामका जनप्रतिनिधिबिच समझदारी

मान्म : कालीकोट र अछाम जिल्लाका जनप्रतिनिधिले अन्तर प्रदेशलाई सडक सञ्जालमा जोड्ने पहल थाल्ने समझदारी गरेका छन्। अन्तर प्रदेश सडक निर्माणका विषयमा अछामका नवनिर्वाचित प्रतिनिधिसभा सांसद पुष्पबहादुर शाह, कालीकोट जिल्ला प्रदेशसभा सदस्य हिक्मत बहादुर विष्ट, अछाम तुर्माखाद गाउँपालिका अध्यक्ष पुष्प शर्मा, अछाम पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउने र कालीकोट…

अन्तर प्रदेश जोड्ने सडक निर्माण गर्ने जनप्रतिनिधिको समझदारी

कालीकोट र अछाम जिल्लाका जनप्रतिनिधिले अन्तर प्रदेशलाई सडक सञ्जालमा जोड्ने पहल थाल्ने समझदारी गरेका छन् । अन्तर प्रदेश सडक निर्माणका विषयमा अछामका नवनिर्वाचित प्रतिनिधिसभा सांसद पुष्पबहादुर शाह, कालीकोट जिल्ला प्रदेशसभा सदस्य हिक्मतबहादुर विष्ट, अछाम तुर्माखाद गाउँपालिका अध्यक्ष पुष्प शर्मा, अछाम पञ्चदेवल विनायक नगरपालिका प्रमुख अम्बिका चलाउने र कालीकोट नरहरिनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र विष्टबीच भएको छलफलमा अन्तर प्रदेश जोड्ने सडकको निर्माणमा पहल थाल्ने प्रतिबद्धतासहित समझदारी भएको हो ।&n

भूमाफियाले हडपेको सार्वजनिक जग्गामा उद्यान बनाइँदै

काठमाडौँ महानगरपालिका–११ वसन्तनगरस्थित किङ्स कलेजसँगैको दुई रोपनी १४ आना सार्वजनिक जग्गामा उद्यान निर्माण गरिने भएको छ ।  व्यवसायीले अतिक्रमण गरी संरचना बनाएर हडपेको यो जग्गा वाग्मती प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठको नेतृत्वमा वडाका जनप्रतिनिधिसमेतको सक्रियतामा खाली गरिएको थियो । सार्वजनिक जग्गा खाली गरेसँगै उद्यान निर्माणका लागि जग्गा सम्याउन थालिएको छ । व्यक्तिले हडपेको सार्वजनिक जग्गालाई फेरि सार्वजनिक स्वामित्वमा ल्याएर उद्यान निर्माण गर्न लागिएको ११ नं वडाध्यक्ष हीरालाल तण

प्रदेशसभा सदस्य रानी शर्मा तिवारीलाई स्थानीय युवाले लखेटे(भिडियोसहित)

काठमाडौँ, २३ असार : प्रदेश २ का प्रदेशसभा सदस्य रानी शर्मा तिवारीलाई आफ्नै निर्वाचन क्षेत्रका स्थानीय युवाहरुले लखेटेका छन् । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ को (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित तिवारीलाई चकवा गाउँका युवाले लखेटेका हुन् । आफु निर्वाचित क्षेत्रमा विकास निर्माणका कार्यको निरीक्षण गर्न आएका तिवारीलाई स्थानीय युवाले असारे विकासका नाममा बजेट सक्ने काम […]

प्रदेश २ : प्रदेशसभा सदस्य रानी कुमारी शर्मालाई स्थानीय युवाले लखेटे

जनकपुर । प्रदेश २ का प्रदेशसभा सदस्य रानीकुमारी शर्मा तिवारीलाई आफ्नै निर्वाचन क्षेत्रका स्थानीय युवाहरुले निर्वाचन ताका गरेका बाचा स्मरण गराउँदै लखेटेका छन् ।महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ३ को (ख)बाट प्रदेशसभा सदस्यमा निर्वाचित उनलाई चकवा गाउँका युवाले विभिन्न आरोप लगाउँदै लखेटेका हुन् ।आफ्नो निर्वाचन क्षेत्रमा विकास निर्माणका कार्यको निरीक्षण गर्न आएको बेला उनलाई स्थानीय युवाले असारे विकासका नाममा बजेट सक्ने काम गरेको आरोप लगाउँदै विरोध जनाएका थिए । असार बित्न लाग्दा हतार हतारमा विकास निर्

प्रदेश सरकारका योजना सम्पन्न

भादगाउँ, १८ असार: बागमती प्रदेश सरकारको विकास निर्माणका योजनाअन्तर्गत मध्यपुरथिमिमा विभिन्न योजना सम्पन्न भएका छन् भने केही सम्पन्न हुने चरणमा छ । प्रदेशसभा सदस्य डा. राजेन्द्रमान श्रेष्ठको पहलमा भएका विकास निर्माणकार्यअन्तर्गत मध्यपुरथिमि–४ स्थित बालकुमारी उकालोबाट इकुडोल वप्पामार्गको सुधारकार्य सम्पन्न भएको छ । बागमती प्रदेश सशर्त अनुदान कार्यक्रमअन्तर्गत रु २५ लाख लागतमा बाटो ढलान गर्ने काम […]