भक्तपुर । नेपाली कांग्रेस भक्तपुरको सभापतिमा लागि जिल्लाका दुई कांग्रेसी हस्तीबीच भिडन्त हुने भएको छ । कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भक्तपुर जिल्ला अधिवेशनमा सभापतिको लागि वर्तमान सभापति दुर्लभ थापा र अष्टकुमार कवेंले आइतबार उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन सोमबार बिहान १० बजेबाट दिउँसो २ बजेसम्म पार्टीको जिल्ला कार्यालयमा भइरहेको एक नेताले जानकारी दिनुभयो […]