प्रधानन्यायाधीशमा विश्वम्भर श्रेष्ठ नियुक्त

काठमाडौं, ४ भदौ । प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । संसदीय सुनुवाई समितिले आज (सोमबार) प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेपछि संवैधानिक व्यवस्था बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानन्यायाधीशमा उनलाई नियुक्त गरेका हुन् ।

सम्बन्धित सामग्री

छोटो दूरीका प्रधानन्यायाधीश- विवादमा मुछिएनन्, समन्वय गर्न सकेनन्

१९ साउन, काठमाडौं । करिव ५० दिनको छोटो कार्यकाल पूरा गरेर प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शुक्रबार अवकाश लिएका छन् । १ असार, २०८० मा नियुक्त भएका कार्की नेपालको न्यायिक इतिहासमा सबैभन्दा छोटो समय प्रधानन्यायाधीश हुने व्यक्ति हुन् । सर्वोच्च अदालतले शुक्रबार प्रधानन्यायाधीश कार्कीलाई बिदाइ गरेको छ । शनिबारदेखि पद रिक्त हुने भएकाले वरिष्ठतम न्यायाधीश विश्वम्भर श्रेष्ठ […]

आईजीपी नियुक्ति प्रकरणमा सर्वोच्च अदालतमा आज सुनुवाई हुदै

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी ) नियुक्ति प्रकरणमा सर्वोच्च अदालतमा आज सुनुवाई हुदै छ । आज न्यायधिश विश्वम्भर श्रेष्ठ र डा. कुमार चुडालको संयुक्त इजलाशमा यस मुद्दाको सुनुवाई हुन लागेको हो ।यस अघि  न्यायधिश सुष्मालता माथेमाको एकल इजलाशले धिरजप्रताप सिंहलाई आईजीपी बनाउनु र विश्वराज पोखरेललाई आईजीपी नबनाएको विषयमा कारण देखाउ आदेश जारी गरेको थियो  ।  आज दुवै पक्षबीच यस मुद्दामा बहस हुन लागेको हो । सरकारले आफूभन्दा कनिष्ठलाई प्रहरी प्रमुख बनाएको भन्दै अतिरिक्त महानिरीक्षक विश्वराज पोख्रेलले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। उनले रिटमा सरकारले आफुभन्दा कनिष्ठलाई आईजीपी बनाएको भन्दै सरकारको निर्णय कार्यन्वयन नगर्नको लागि अन्तरिम आदेशको माग गरेका थिए। अदालतले यस अघिको सुनुवाईमा उनको मागमा अन्तरिम आदेश दिएको थिएँन । त्यस्तै उनले सिंह भन्दा आफु वरिष्ठता र कार्यसम्पादन मूल्यांकनमा अगाडि रहेको भन्दै आफूलाई महानिरीक्षक बनाउनको लागि परमादेश जारी गर्न माग गरेका थिए। अदालतले यस अघिको सुनुवाईमा उनको माग अनुसार परमादेश पनि जारी गर्न अस्विकार गरेको थियो  । विश्वराज पोखरेल सिंहभन्दा १६ महिनाअघि एआईजी बनेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवाको जोडबलमा तेस्रो वरियतामा रहेका धिरजप्रताप सिंहलाई प्रहरी प्रमुख नियुक्त भएका हुन् । सिंहले  स्थानीय तहको निर्वाचन अगाडी नै आइजीपीको दर्ज्यानी चिह्न लगाएर कार्यभार सम्हालिसकेका छन् ।