कोरोना लुकाएर घर फर्किएका पुरुषको मृत्यु

रोजगारीका लागि भारत गएका दैलेखस्थित दुल्लु नगरपालिका २ का ३८ वर्षीय एक पुरुष भारतमै कोरोनाभाइरसबाट संक्रमित भए । संक्रमित उनी केहीदिन अघि मात्रै भारतबाट घर फर्किए । आफू कोरोना संक्रमित भएको नखुलाएर उनी झुक्याउँदै घर पुगे । कोरोना भाइरसको संक्रमणले गम्भीर भएका उनी शनिबार बिहान दुल्लु अस्पतालमा भनाए भए र अन्ततः उनको सोही दिन साँझ मृत्यु भएको खबर नागरिक दैनिकमा छापिएको छ । उनी मात्र होइन भारतबाट आएकाहरु क्वारेन्टाइनमा बस्न झन्झटिलो मानेर झुक्याउँदै असुरक्षित रुपले घरसम्म पुग्ने गरेको समाचारमा उल्लेख छ ।  

सम्बन्धित सामग्री

भिरबाट लडेर पुरुषको मृत्यु

मकवानपुरको कैलाश गाउँपालिकामा भिरबाट लडेर एकजना पुरुषको मृत्यु भएको छ । मकवानपुर प्रहरीका अनुसार आइतबार राति जिल्लाको कैलाश गाउँपालिका– ७ घर भएका अन्दाजी ५० वर्षका आइतराम चेपाङको भिरबाट लडेर मृत्यु...

हात्तीको आक्रमणबाट झापामा एक पुरुषको मृत्यु

झापा – हात्तीको आक्रमणबाट झापामा एक पुरुषको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार बाह्रदशी गाउँपालिका–१ का ३७ वर्षीय जगतबहादुर भुजेलको हात्तीको आक्रमणबाट मृत्यु भएको हो। मंगलबार कचनकवल गाउँपालिका–१ स्थित पश्चिम देउराली चारकोशे सामुदायिक वनबाट घाँस दाउरा लिएर घर फर्किँदै गर्दा भुजेललाई हात्तीले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक बसन्त […]

दैलेखमा लडेर एक पुरुषको मृत्यु

जन्तिघरबाट आफ्नो घर फर्किने क्रममा दैलेखमा लडेर एक पुरुषको मृत्यु भएको छ। बिहीबार बिहान नौ बजेको सयमा ती पुरुषको लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।मृतक व्यक्ति महाबु गाउँपालिका–३ बासीका ५७ वर्षीया राजबहादुर शाही रहेका छन्।प्रहरीका अनुसार बुधबार राति महाबु गाउँपालिका–३ बासी गाउँमा भएको विवाहबाट घरतर्फ फर्कने क्रममा सोही पालिका भित्रै पर्ने सडकबाट १५ मिटर तल खसेर मृत फेला परेका हुन्।

जुम्लामा लडेर एक पुरुषको मृत्यु

जुम्लामा जन्ती गएर घर फर्कने क्रममा एक जनाको मृत्यु भएको छ । तिला गाउँपालिका-६ का अन्दाजी ४७ वर्षीय देव रावतको लडेर मृत्यु भएको हो ।रावतले अत्यधिक मदिरा सेवन गरेकाले लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले बताए । सँगैका साथीहरू समयमै घर फर्किए पनि उनी नआएपछि खोजी गरिएकोमा तिला १ राराको सेरी बजारबाट घर फर्केका रावतको लडेर मृत्यु भएको हो ।शव पोस्टमार्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याउने काम भइरहेको प्रहरी निरीक्षक जोशीले बताए। -न्युज कारखान

कोरोनाविरुद्धको खोप लगाएर घर हिँडेका व्यक्तिको बाटोमै मृत्यु

धनगढी। कैलालीमा कोरोनाविरुद्धको खोप लगाएर घर हिँडेका एक पुरुषको बाटोमै मृत्यु भएको छ । जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ४ का ५३ वर्षीय पुरुषको मृत्यु भएको हो । उनले आइतबार कैलाली गाउँपालिकाकै वडा स्वास्थ्य कार्यालयमा कोरोनाविरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका थिए । खोप लगाएको आधा घण्टामै ति पुरुषको मृत्यु भएको सोही वडा कार्यालयका आधारभूत […] The post कोरोनाविरुद्धको खोप लगाएर घर हिँडेका व्यक्तिको बाटोमै मृत्यु appeared first on राजधानी राष्ट्रिय दैनिक.

कोरोनाविरुद्धको खोप लगाएलगत्तै एक जनाको मृत्यु

धनगढी– कैलालीमा कोरोनाविरुद्धको खोप लगाएर घर हिँडेका एक पुरुषको बाटोमै मृत्यु भएको छ। कैलालीको कैलारी गाउँपालिका–४ का ५३ वर्षीय पुरुषको मृत्यु भएको हो। उनले आइतबार कैलारी गाउँपालिकाकै वडा स्वास्थ्य कार्यालयमा भेरोसेल खोपको दोस्रो मात्रा लगाएका थिए। खोप लगाएको आधा घण्टामै ती पुरुषको मृत्यु भएको आफन्तले बताएका छन्। जिल्ला स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले खोप […]

जुम्लामा पहिरोमा परेर तीन जनाको मृत्यु

जुम्लाको तातोपानी गाउँपालिका ७ ताम्ती गाउँका तीन जनाको पहिरोमा परेर मृत्यु भएको छ । सेतक चिनी कोरेर पाटनबाट घर फर्कदै गरेका एक महिलासहित दुई पुरुषको मृत्यु भएको हो ।...

उपचारपछि घर फर्किएका कोरोना संक्रमितको मृत्यु

पर्वत : कोरोना संक्रमणबाट पैयुँ गाउँपालिका–७ का ६१ वर्षीय पुरुषको मृत्यु भएको छ। उनको घरमा नै आइतबार बिहान मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय पर्वतका तथ्यांक अधिकृत प्रवीण भण्डारीले जानकारी दिए।ती पुरुषलाई गत वैशाख २४ मा कोरोना भाइरस पोजेटिभ देखिएको थियो। अक्सिजनको मात्रा कम देखिएपछि उनलाई उपचारका लागि पोखरा लगिएको थियो। उपचारपछि स्वास्थ्य अवस्था राम्रो भएपछि घर पर्किएका उनको मृत्यु भएको हो।यससँगै पर्वतमा कोरोना संक्रमणबाट मृत्यु ह

विराटनगरका कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु

विराटनगरका कोरोना भाइरस सङ्क्रमित एक पुरुषको आइतबार राति मृत्यु भएको छ । नोबेल शिक्षण अस्पतालमा उपचारका क्रममा  ४० वर्षीय ती पुरुषको मृत्यु भएको हो ।प्रबन्धक नारायण दाहालले मृतकमा छाती दुख्ने र ज्वरो आउने समस्या रहेको थियो । अस्पताल ल्याउँदा अवस्था गम्भीर रहेका ती पुरुषको  तत्काल उपचार थालिए पनि बचाउन भने नसकिएको दाहालले बताए ।विराटनगर महानगरपालिका–२ घर भएका पुरुषलाई कोरोना पुष्टि भएपछि आइतबार नै उपचारका लागि नोबेल अस्पतालले सङ्क्रमितको उपचारका लागि सञ्चालन गरेको आइसोलेसनमा भर्ना

टिपरको ठक्करबाट भक्तपुरमा एक पुरुषको मृत्यु

भक्तपुर नगरपालिका–घलातेचोकस्थित अरनिको राजमार्गमा सल्लाघारीबाट जगातीतर्फ तीव्र गतिमा जाँदै गरेको टिपरले ठक्कर दिँदा आज एक पुरुषको मृत्यु भएको छ । बा ५ ख ४७९ नं को टिपरको ठक्करबाट सिन्धुपाल्चोक बलेफीगाउँपालिका–७ घर भई नाइटिङ्गेल बोर्डिङ स्कुल कुपण्डोल ललितपुरमा चालकको रुपमा काम गर्ने ३५ वर्षीय बलराम तामाङ्को मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।     प्रहरीले टिपर र चालक सिन्धुपाल्चोक साँगा चोक गढी नगरपालिका–११ का २९ वर्षीय सुरेन्द्...