काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी एमालेले पार्टीका चार नेतालाई १० बुँदे स्पष्टीकरण पत्र पठाएको छ ।शनिवारको केन्द्रीय कमिटीको निर्देशनअनुसार वरिष्ठ नेता माधवकुमार नेपाल, नेताहरू सुरेन्द्र पाण्डे, भीम रावल र घनश्याम भुसाललाई घरमै पुगेर स्पष्टीकरण पत्र दिइएको र तीन दिनभित्र पार्टी कार्यालयमा आइपुग्ने गरी जवाफ पेस गर्न भनिएको एमाले पार्टी कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिनुभयो । स्पष्टीकरण पत्रमा प्रधानमन्त्री ओलीलाई प्रचण्डसँग मिलेर १९ पृष्ठ लामो शत्रुतापूर्ण र अराजक आरोप लगाएको र प्रचण्डको मतियार बनेर किन ...