नाइजेरियामा २४ वर्षपछि भएको राष्ट्रपतीय चुनावको मतगणना सुरु भएको छ । अफ्रिकी देश नाइजेरियामा सन् १९९९ मा सैन्य शासन समाप्त भएपछि पहिलो पटक राष्ट्रपतीय चुनाव भएको हो । यो चुनावलाई विश्वमा निकै कठिन चुनावका रूपमा चर्चा गरिएको छ ।
२० करोड बढी जनसङ्ख्या भएको नाइजेरियामा आठ करोड ७० लाख मतदाता रहेका छन् । हिजो शनिवार मतदान सम्पन्न भएपछि हजारौँ मतदान केन्द्रमा मतगणनाको काम अघि बढे पनि अन्तिम परिणाम आउन एक महिनासम्म लाग्न सक्ने अनुमान गरिएको बीबीसीले जनाएको छ । चुनावमा भएका छिटफुट हिंसाका घटनाले मतगणनलाई थप प्...