प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाकी राजदूत र्यान्डी बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ । जंगी अड्डास्थित प्रधान सेनापति थापाको कार्यकक्षमा भएको उक्त भेटवार्तामा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको नेपाली सेनाले जनाएको छ । यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।