मिटरब्याज पीडितसँग वार्ता गर्न सरकारले बनायो समिति, प्रधानमन्त्री प्रचण्डले आजै भेट्ने

काठमाडौं - मिटरब्याज पीडितहरूसँग छलफल गर्न सरकारले वार्ता समिति गठन गरेको छ। समितिले पीडितहरूसँग वार्ता गरेपछि आवश्यक निर्णयका लागि आज दिउँसो बस्ने मन्त्रिपरिषद्को बैठकमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  सचिवालयका अनुसार सरकारले पीडितहरूका समस्या समाधानका लागि कानुनी जटिलता फुकाउन संसद्‍मा विधे...

सम्बन्धित सामग्री

सरकार र मिटरब्याज पीडितबीच अहिले ६ बजे फेरि छलफल हुँदै

काठमाण्डौ – सरकार र मिटरब्याज पीडित सङ्घर्ष समितिबीच भएको छलफल पुनः ६ बजे बस्ने गरी टुङ्गिएकाे छ । मिटरब्याज पीडित सङ्घर्ष समितिका संयोजक मनोजकुमार पासवानका अनुसार सरकार मिटरब्याज पीडितप्रति निकै सकारात्मक रहेको र पीडितभन्दा पनि सरकार छिटो भन्दा छिटो वार्तालाई निष्कर्षमा पुर्‍याउन आतुर देखिएको छ ।  सङ्घर्ष समितिले सरकारले बनाएको समिति समक्ष आफ्नो दश बुँदे माग राखेको र अघिल्लो कार्यदलका संयोजक भिष्मकुमार भुसालले तयार गरेको प्रतिवेदन अध्ययन गरेर पुनः छलफलमा बस्ने गरी वार्ता टुङ्गिएको सं...

सदनमा सबै पार्टीका सांसदको एउटै स्वर : मिटरब्याज पीडितको समस्या छिटो समाधान गरौं

काठमाडौं । जनप्रतिनिधिले मिटरब्याज पीडितका समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदले धेरै गरिब नेपाली मिटरब्याजीको चङ्गुलमा फसेको भन्दै तत्काल मिटरब्याजीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरे ।  नेपाली कांग्रेसका सांसद श्यामकुमार घिमिरेले मिटरब्याज पीडितको न्यायका लागि सरकारको ध्यानार्कषण गराए । उनले तत्काल समस्या समाधानका लागि कानुन निर्माण गर्न माग गरे ।  नेकपा (एमाले)को सांसद भगवती चौधरीले मिटरब्याज पीडित बैंक तथा वित्तीय संस्थाबाट सहज ढङ्गबाट ऋण नपाउँदा चर्को ब्याजदरमा साहुबाट ऋण लिन बाध्य भएको बताए । उनले भने, ‘एक लाख लिँदा १० लाख बढाउने मिटरब्याजी साहुका कारण पीडित घरबारविहीन भइरहेका छन् । वित्तीय साक्षरता नभएका कारण पनि धेरै नागरिक मिटरब्याजको समस्याबाट पीडित भएका छन् ।’ नेकपा (माअ‍ोवादी केन्द्र)का सांसद हितबहादुर तामाङले मिटरब्याज पीडितको समस्या तत्काल समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । ‘पूर्वी तराईबाट हिँडेर मिटरब्याज पीडित काठमाडौं भित्र्याएका छन्, देशका हरेक भागमा मिटरब्याजको समस्या फैलिएको छ । अहिलेको व्यवस्था मन नपराउने व्यक्ति यो समस्यालाई भड्काउन सक्छन् । सरकारले हिजो वार्ता टोली गठन गरेको छ, समस्याको अध्ययन गरेर समस्या समाधान गर्न सुझाव दिने विषय सकारात्मक छ, यो समस्यालाई सदाका निम्ति मुक्त गर्ने दिशातर्फ अगाडि बढ्नुपर्छ,’ उनले भने ।   नेकपा (एकीकृत समाजवादी)का सांसद भानुभक्त जोशीले मिटरब्याजबाट पीडित समुदाय देशका विभिन्न भागबाट १३ दिन पैदलयात्रा गरेर काठमाडौं पुगेको भन्दै तत्काल उनीहरूको समस्या समाधान गर्न सरकारसँग आग्रह गरे । ‘मिटरब्याज पीडितका समस्या समाधान गरेर उनीहरूलाई जतिसक्दो चाँडो घर फर्कने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउँछु,’ उनले भने ।   जनमत पार्टीका सांसद अनिता देवीले मिटरब्याज पीडित सरकारसँग न्याय माग्न काठमाडौं आएको भन्दै तत्काल उनीहरूको समस्या समाधान गर्न ध्यानाकर्षण गराइन् । ‘नागरिक बाध्यताले मिटरब्याजमा पैसा लिन बाध्य भएका हुन् । मिटरब्याजीलाई तत्काल कारबाही गर्नुपर्छ,’ उनले भने ।  लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद रामप्रकाश चौधरी मिटरब्याजले पारेको प्रभावका बारेमा वर्तमान संसद् शुरु हुनेबित्तिकै आफूले त्यससम्बन्धी विषय सदनमा उठाएको र अहिले सदन तथा सरकारको ध्यान गएको बताए । ‘पीडित ठाउँठाउँबाट आउने क्रम बढेको छ, प्रधानमन्त्रीबाट पनि समस्या समाधान गर्ने प्रतिबद्धता आएको छ, समस्या समाधान गर्न सरकार गम्भीर बन्नुपर्छ,’ उनले भने ।  नागरिक उन्मुक्ति पार्टीका सांसद रञ्जीता श्रेष्ठले विलम्ब नगरी मिटरब्याजीविरुद्ध कानुन निर्माण गर्न माग गरिन् । उनले पीडितलाई न्याय दिलाउन कुनै कन्जुस्याइँ नगर्न आग्रह गरिन् ।  स्वतन्त्र सांसद योगेन्द्र मण्डलले मिटरब्याजीलाई सरकारले कारबाही गर्नुपर्ने बताए । उनले मल, बीउलगायत किसानका समस्या समाधान गर्न माग गरे ।  कांग्रेस सांसद ऐनबहादुर शाहीले छिटोभन्दा छिटो मिटरब्याजबाट पीडितको समस्या समाधान गरेर उनीहरूलाई आआफ्नो घर फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराए । रासस

नयाँ होइनन् मिटरब्याज पीडितका समस्या, दुई हजारभन्दा बढी उजुरी

काठमाडौँ- आफ्ना समस्या सरकारलाई सुनाउन मिटरब्याज पीडित महोत्तरीको बर्दिवासदेखि ११ दिन पैदल हिँडेर काठमाडौँ आए । उनीहरूले मङ्गलबार टङ्गालमा धर्ना दिएपछि छलफलका लागि सरकारले चार सदस्यीय वार्ता टोली गठन गर्‍यो ।  धर्ना बसेका पीडितसँग छलफलका लागि मङ्गलबार बिहान गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा, काठमाडौँका...

नयाँ होइनन् मिटरब्याज पीडितका समस्या, दुई हजारभन्दा बढी उजुरी

काठमाडौँ- आफ्ना समस्या सरकारलाई सुनाउन मिटरब्याज पीडित महोत्तरीको बर्दिवासदेखि ११ दिन पैदल हिँडेर काठमाडौँ आए । उनीहरूले मङ्गलबार टङ्गालमा धर्ना दिएपछि छलफलका लागि सरकारले चार सदस्यीय वार्ता टोली गठन गर्‍यो ।  धर्ना बसेका पीडितसँग छलफलका लागि मङ्गलबार बिहान गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा, काठमाडौँका...

मिटरब्याज पीडितको आन्दोलन : के गर्दैछ सरकार ? कति छन् उजुरी

आफ्ना समस्या सरकारलाई सुनाउन मिटरब्याज पीडित महोत्तरीको बर्दिवासदेखि ११ दिन पैदल हिँडेर काठमाडौँ आए । उनीहरूले मङ्गलबार टङ्गालमा धर्ना दिएपछि छलफलका लागि सरकारले चार सदस्यीय वार्ता टोली गठन ग-यो । धर्ना बसेका पीडितसँग छलफलका लागि मङ्गलबार बिहान गृह मन्त्रालयका सहसचिव केदारनाथ शर्मा, काठमाडौँका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायलगायतको सरकारी टोली टङ्गाल पुगेको थियो । तर […]