प्रधानन्यायाधीश माथिको महाअभियोगः संसदीय प्रक्रिया अघि बढ्यो

काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोगबारे अध्ययन गर्न ‘महाअभियोग सिफारिस समिति’ गठन भएको छ।प्रतिनिधिसभाको आइतबार बसेको बैठकले ११ सदस्यीय महाअभियोग सिफारिस समिति बनाएको हो।

सम्बन्धित सामग्री

महाभियोग प्रक्रिया अगाडि बढाउन आग्रह

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाभियोग प्रक्रिया अगाडि बढाउन माग गर्दै नेपाल बार एसोसिएसनले सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराएको छ । जबराविरुद्धको महाभियोग पाँच महिनाभन्दा लामो समयदेखि विचाराधीन छ । फागुन १ गते प्रस्तावको सूचना दर्ता भई २९ गते प्रतिनिधि सभामा पेस भएको थियो । तर त्यसयता समितिमा पठाउने कार्यसूची बन्न सकेको छैन । विधायिकाले विशेषाधिकार प्रयोग गरेर दर्ता गरेको प्रस्तावले न्यायपालिका प्रमुख निलम्बन भएको लामो समय भए पनि संसदीय प्रक्रिया अघि नबढाइएको हो ।

प्रधानन्यायाधीशविरुद्ध महाभियोगः संसदीय प्रक्रिया अघि बढ्यो

सत्ता पक्षका ९८ जना सांसदले फागुन १ गते विभिन्न २१ वटा कारण र आधार देखाउँदै प्रधानन्यायाधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि उनी निलम्बनमा छन्।...