काठमाडौं । निर्वाचन आयोगले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार बनाउनुपर्ने कानूनी व्यवस्था गर्ने निर्णय गरेको छ । आयोगको सोमबार बसेको बैठकले निर्वाचनसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा पास गरेको छ । जसमा राजनीतिक दलले प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ उम्मेदवारी दिँदा कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवार हुनुपर्ने उल्लेख छ […]