काठमाडौं, १ भदौ । नेकपा एमाले विभाजन हुने निश्चितप्रायः भएपछि केन्द्रीय सदस्यहरु तानातानमा परेका छन् । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर चल्तापूर्जा नेताहरु तानातानमा लागेका हुन् । ओलीनिवास बालकोट र नेपालनिवास कोटेश्वरमा राति अबेरसम्म नेताहरुको ओहोरदोहोर चलेको छ । ओलीले बालकोटमै आफू पक्षधर ईश्वर पोखरेलसहित हस्ती नेताहरुलाई डाकेर तयारीमा रहन […]