अझै केही दिन वर्षा हुने, सतर्क रहन आग्रह

१३ भदौ, काठडौं । केही दिनदेखि जारी वर्षा अझै केही दिन निरन्तर भैरहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज पनि देशैभर बदली भई वर्षा भैरहेको छ । प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा भैरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबारसम्म निरन्तर वर्षा हुनेछ । अविरल वर्षाका कारण […]

सम्बन्धित सामग्री

अबको केहि दिन यी स्थानमा भारी वर्षा हुने, सतर्क रहन आग्रह

आगामी केहि दिन नेपालमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले विशेष मनसुन बुलेटिन जारी गर्दै भारी वर्षा हुने भन्दै सतर्क रहन आग्रह गरेको हो ।विभागका अनुसार यस वर्षको मनसुन प्रणाली २०७९/०२/२२ मा नेपालको प्रदेश नं १ मा आगमन भई २०७९/०३/१२ गते  सम्म आइपुग्दा सुदुर पश्चिम प्रदेशमा प्रवेश गरे संगै देशभरी मनसुनी वायुको प्रभाव थप सक्रिय भएको छ।  साथै मंगलवार देखि बिहिवार सम्म मनसुनको न्यून चापीय रेखा नेपालको तराई भू-भाग नजिक आईपुग्ने संभावना रहेकोले मनसुन थप सक्रिय हुने देखिएको छ।यसको प्रभावले गर्दा मंगलवार देखि बिहिवार सम्म देशभर सामान्य देखि पूर्णतया बदली रही मंगलबार देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/झरी भई प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागका र मधेश प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।मंगलबार राती देखि बुधबार प्रदेश नं १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी धेरै स्थानहरुमा मध्यम वर्षा/झरी भई केही स्थानहरुमा भारी बर्षा र थोरैस्थानहरुम धेरै-भारी वर्षाको सम्भावना रहेको छ । सदुर-पश्चिम प्रदेशका अधिकाशं स्थानहरुमा हल्का देखि मध्यम वर्षा/झरी भई यस प्रदेशका तराई भूभागका थोरै स्थानहरुमा भारी बर्षाको समेत संभावना रहेको छ। कर्णाली प्रदेशका अधिकाशं स्थानहरुमा हल्का देखि मध्यम वर्षा/झरी भई एक-दुई स्थानमा भारी बर्षाको समेत संभावना रहेको छ।बिहिवार गण्डकी, लुम्बिनी र सुदुर पश्चिम प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा/झरी र थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । बांकी प्रदेशहरुमा हल्का देखि मध्यम वर्षा हुने संभावना रहेको छ।तसर्थ मंगलबार देखि बिहिबार सम्म देशको पहाडी भू-भागमा पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउनु हुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरुमा विभागले अनुरोध गरेको छ।

तीन दिन भीषण वर्षा हुने सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं : राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वदेखि पश्चिम नेपालका पहाडी तथा तराई क्षेत्रमा तीन दिन भीषण वर्षा हुने सम्भावना रहेकाे जनाएको छ।प्राधिकरणले बिहीबार प्रेस विज्ञप्ति जारी गरी आज (बिहीबार) देखि शनिबारसम्म पानी पर्ने भन्दै ती क्षेत्रका र आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो।हाल मनसुनको न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेकोले भीषण वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।प्राधिकरणले जोखिम क्षेत्रका वस्तीहरूको आकलन

भारी वर्षाको सम्भावना कायमै, सतर्क रहन आग्रह

काठमान्डाैं / अबको केही दिन मुलुकभर घामपानीको अवस्था कायम रहने भएको छ । सक्रिय रहेको मनसुन केही मत्थर भएसँगै आकाशमा घाम देखिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसमविद् शान्ति कँडेलले भनिन्, “बिहानको समय धेरैजसो स्थानमा घाम लाग्छ, दिउँसो वा राति वर्षा हुने क्रम केही दिन रहन्छ । पूरै मौसम... The post भारी वर्षाको सम्भावना कायमै, सतर्क रहन आग्रह appeared first on Purbeli News.

भारी वर्षाको सम्भावना कायमै, सतर्क रहन आग्रह

अबको केही दिन मुलुकभर घामपानीको अवस्था कायम रहने भएको छ । सक्रिय रहेको मनसुन केही मत्थर भएसँगै आकाशमा घाम देखिने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मौसमविद् शान्ति कँडेलले भनिन्, “बिहानको समय धेरैजसो स्थानमा घाम लाग्छ, दिउँसो वा राति वर्षा हुने क्रम केही दिन रहन्छ । पूरै मौसम सुधार हुने छैन ।”उनका अनुसार पश्चिमी भेगतर्फ मनसुनको न्यूनचापीय क्षेत्रको रेखा अझै नेपालतिर नै सोझिएको छ । त्यसैले यो रेखा तलमाथि भइरहन्छ । सोही कारण देशका केही भूभागमा भारी वर्षाको

बाढीपहिराको जोखिमबाट बच्न तनहुँको तयारी, खोला छेउछाउ नजान जिल्ला प्रशासनको आग्रह

दमौली । मनसुन सक्रिय भएर देशभर वर्षा हुन शुरु भएको छ । तनहुँमा पनि सोमबारदेखि असारे वर्षा शुरु भएको छ । केही दिन अझै वर्षा हुने पूर्वानुमान गरिएको छ । जिल्ला प्रशासन कार्यालय तनहुँले नदी तथा खोला छेउछाउ नजान आग्रह गर्दै सर्वसाधारणमा सतर्क हुन आग्रह गरेको छ । प्रत्येक वर्षको वर्षाले तनहुँमा जनधनको क्षति भइरहेको […]

बंगालको चक्रवात प्रभाव : देशैभर उच्च वर्षा हुने, सतर्कता अपनाउन आग्रह

काठमाडाैं : आज (जेठ १३) देखि जेठ १५ गते शनिबारसम्म देशभरका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिम बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र शक्तिशाली चक्रवात वायुका कारण देशैभर वर्षा हुने महाशाखाले जनाएको छ।  (YAAS) नामक चक्रवात वायु समुद्रबाट जमिततर्फ प्रवेश गरिसकेकाले उक्त चक्रवात उत्तरपश्चिममा सर्ने क्रममा रहेको जनाइएको छ। जसका कारण केही दिन नेपालको माैसममा असर पर्ने भएकाले सतर्क

भारी वर्षाको सम्भावना, सतर्क रहन सरकारको अपिल

१६ असार, काठमाडौं । मनसुन सक्रिय भएकाले केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रमुख नदीहरुमा जलस्तर बढ्ने क्रममा रहेकाले चुरे र मध्यपहाडका तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । आगामी तीन दिन पूर्व र पश्चिमका केही स्थानमा भारी वर्षा हुने सम्भावना छ । ‘देशका …