काठमाडौं । खानेपानीमन्त्री उमाकान्त चौधरीले खानेपानी संस्थानमा हस्तक्षेप गरी आफूनिकटका झन्डै ५० कर्मचारी भर्नाको अन्तिम गृहकार्य गरेका छन् । मन्त्रीको हस्तक्षेप र चलखेलको विरोध गरेकै कारण कर्मचारी पदपूर्ति समिति संयोजक तथा बोर्ड सदस्य निरकुमारी कुँवर दर्लामीलाई पदपूर्ति संयोजक पदबाट हटाइएको छ । उनलाई हटाएपछि पदपूर्ति समितिले एकतर्फी रूपमा प्रक्रिया थाल्ने तयारी गरिएको बताइएको छ । […]