नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यति छिटो यस्तो दुर्दशा थाहा पाएको भए एमालेसँग एकताको प्रस्ताव गर्ने थिएन भनेका छन् । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमा उनले भने, ‘यति छिटो यस्तो यस्तो दुर्दशा हुने थाहा भएको भए म किन पार्टी एकताको प्रस्ताव लान्थेँ होला । भिन्न मतलाई स्विकार्न सक्ने आँट कोसँग छ भन्ने पनि अहिले देखाएको छ।’दुई तिहाइको प्रधानमन्त्रीले पटक पटक संसद् विघटन गरेको इतिहासको पहिलो घटना भएको बताए । ‘विगतका थुप्रै विघटनका तीता मीठा यसअघिका