वडा कार्यालयको योजना तर्जुमा बैठकमा जाँदै गर्दा भीरबाट लडेर वडा सदस्यको मृत्यु भएको छ । भेरी नगरपालिका २ की दलित महिला सदस्य ४५ वर्षीया शसिला नेपालीको आज विहान बैठकको लागि आफ्नो घर डींगा गाउँबाट वडा कार्यालय बाहुनथान जाने क्रममा भीरबाट लडेर गम्भीर घाइते हुनुभएको थियो ।
गम्भीर घाइते हुनुभएका सदस्यलाई उपचारको लागि नेपालगंज लिने क्रममा बाटो मै मृत्यु भएकोे हो । मृतकका दुई छोरा र श्रीमान् हुनुहुन्छ ।
भेरी नगरपालिकाका नगरप्रमुख चन्द्र प्रकाश घर्तिले नगरसभाको पूर्वसन्ध्यामा भएको दलित वडा सदस्यको निधनले मर्माहत भएको बताउनुभयो ।