धनगढी : सुदूरपश्चिम प्रदेशमा चाडपर्व लक्षित सुरक्षा योजना लागु गरिएको छ। दशैँ, तिहार र छठ पर्वमा विभिन्न अपराधिक क्रियाकलाप तथा दुर्घटना बढ्न सक्ने भएकाले उक्त योजना लागु गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।चाडपर्वका बेला हुनसक्ने चोरी, डकैती र ठगी लगायतका अपराधिक गतिविधिलाई ध्यान दिँदै सुरक्षा योजना लागु गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक विक्रम चन्दले बताए।प्रदेश प्रहरी र ९ वटै जिल्लाका सुरक्षा निकायले बनाएको सुरक्षा योजना लागु गरिएको उनले जानकारी दिए। योजना अनुसार विभ