जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाडपर्व लक्षित सुरक्षा योजना लागु गरेको छ । दसैंका समयमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण गर्ने उद्देश्यले प्रहरीले भारतसँग जोडिएको मुख्य सीमा नाकामा सुरक्षा टोली खटाउने तयारी गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख श्याम सिंह चौधरीले पश्चिमी सीमा नाका गड्डाचौकीमा सुरक्षा चेकजाँचका लागि तालिम प्राप्त कुकुरसहितको सुरक्षा टोली खटिने बताए । “सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुर आउँदै छ”, उनले भने, “भोलि