काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्तले समितिको काम योजनाबद्ध ढंगले गर्नुपर्ने बताएका छन्।मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो बताएका हुन्। उनले समिति सुशासन कायम गर्ने, सुदृढीकरण गर्ने भूमिकामा रहनुपर्ने बताए। उनले अहिले सबैभन्दा असंगठित र अव्यवस्थित स्थान प्रधानमन्त्री कार्यालय रहेको आरोप लगाउँदै त्यसको व्यवस्थापन हुन जरुरी रहेको बताए। प्रधानमन्त्री कार्यालय राजनीतिक अस्थिरताका कारण व्यवस्थित हुन नसकेको उनको भनाइ थियो।उनले भने, ‘समितिको काम योजनाबद्ध ढंगले