१८.४९ अंकले घट्यो शेयर बजार, ६ अर्बभन्दा बढीको कारोबारमा एनसीसी बैंकको सर्वाधिक

वैशाख २६, काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार नेप्से परिसूचक अघिल्लो कारोबार दिन बिहीवारको भन्दा १८ दशमलव ४९ अंक तल झरेको छ ।  गत बिहीवार १२ दशमलव ४७ अंकले घटेर २ हजार ६३७ दशमलव १३ विन्दुमा बन्द भएको नेप्से परिसूचक आइतवार २ हजार ६१८ विन्दुमा झरेको हो । आइतवार २ हजार ६५२ दशमलव ५८ विन्दुदेखि बजार खुलेको थियो । यसदिन रू. ६ अर्ब १४ करोड ८९ लाख ६६ हजार बराबरको १ करोड २७ लाख २८ हजार १२५ कित्ता शेयर कारोबार भएको छ । यो कारोबार २१९ ओटा कम्पनीको ७५ हजार ४६ पटकको व्यापारमा भएको हो । बिहीवारको तुलनामा आइतवार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । बिहीवार रू. ६ अर्ब ८१ करोड ९१ हजार बराबरको १ करोड ५९ लाख ८० हजार ८१५ कित्ता शेयर कारोबार भएको थियो ।  कुल कारोबार रकममा यसदिन एनसीसी बैंकको सर्वाधिक हिस्सा रहेको छ । उक्त कम्पनीको रू. २८ करोड ८६ लाख ५२ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ९ ले घटेर अन्तिम मूल्य रू. ३६५ कायम भएको छ । दोहोरो अंकले घटेको बजारमा कारोबारमा आएका सबै समूहगत परिसूचकहरु घटेका छन् । यो दिन लघुवित्तको सर्वाधिक १ दशमलव ७८ प्रतिशत परिसूचक घटेको हो ।  त्यस्तै उत्पादन तथा प्रशोधनको १ दशमलव ६१ प्रतिशत, व्यापारिकको १ दशमलव ५९ प्रतिशत, अन्यको १ दशमलव ३६ प्रतिशत, होटल्स तथा पर्यटनको १ दशमलव २८ प्रतिशत, वित्तको शून्य दशमलव ९७ प्रतिशत, लगानीको शून्य दशमलव ९३ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ८६ प्रतिशत, निर्जीवन बीमा समूहको शून्य दशमलव २४ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव १४ प्रतिशत, विकास बैंकको शून्य दशमलव शून्य ५ प्रतिशत र बैंकिङ्ग समूहको शून्य दशमलव शून्य २ प्रतिशत परिसूचक घटेको छ । आइतवार समता घरेलु लघुवित्त वित्तीय संस्था र रू रू जलविद्युत परियोजनाको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ भने महिला लघुवित्तसहित चार ओटा कम्पनीको शेयरमूल्य उच्च दरमा घटेको छ । यो दिन समता घरेलु लघुवित्तको शेयरमूल्य प्रतिकित्ता रू. ७३ ले बढेर अन्तिम मूल्य रू. ८०४ र रू रू जलविद्युत् परियोजनाको प्रतिकित्ता रू. ४९ ले बढेर अन्तिम मूल्य रू. ५४८ कायम भएको छ । ३० कारोबार दिनसम्म निरन्तर मूल्य बढेको महिला लघुवित्तको आइतवार भने १० प्रतिशतले मूल्य घटेको छ । गत बिहीवार प्रतिकित्ता रू. ५ हजार ३० अन्तिम मूल्य कायम भएको महिला लघुवित्तको आइतवार प्रतिकित्ता रू. ४ हजार ५२७ मा झरेको हो ।  यो सँगै विशाल बजार कम्पनीको ९ दशमलव ९९ प्रतिशत , सिंगटी हाइड्रोपावरको ९ दशमलव ५६ प्रतिशत र युनियन हाइड्रोपावरको शेयरमूल्य ९ दशमलव २४ प्रतिशत घटेको छ ।  यसदिन विशाल बजार कम्पनीको प्रतिकित्ता रू. ६७१ ले घटेर अन्तिम मूल्य रू. ६ हजार ४५, सिंगटी हाइड्रोको प्रतिकित्ता रू. ४६ ले घटेर अन्तिम मूल्य रू. ४३५ र युनियन हाइड्रोपावरको प्रतिकित्ता रू. १७ ले घटेर अन्तिम मूल्य रू. १६७ कायम भएको हो ।

सम्बन्धित सामग्री

शेयर बजार आज पनि उच्च अङ्कले घट्यो

काठमाण्डाै – शेयर बजार आज साेमवार पनि उच्च अङ्कले घटेको छ । यसअघि बिहीवार २१ दशमलव १५ अङ्कले घटेको शेयर बजार आज २३ दशमलव ६० अङ्कले घटेर दुई हजार ४६ दशमलव ८१ विन्दुमा झरेको छ ।  नेप्से लगातार दोहोरो अङ्कले घटेको आज पाँचौँ दिन हो । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेयता शेयर बजार निरन्तर ओरालो लागिरहेको छ ।  आज व्यापार र म्युचल फन्डबाहेक सबै समूहको शेयर घटेको छ । उत्पादन र लघुवित्त समूहको शेयर उच्च अङ्कले घटेको छ । आज दुई सय ५८ वटा कम्पनीका ६० लाख ९१ हजार कित्ता श...

४१ अङ्कले घट्यो शेयर बजार

शेयर बजार आज सोमवार उच्च अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ४१ दशमलव ०१ अङ्कले घटेर दुई हजार एक सय २७ दशमलव ५२ विन्दुमा झरेको छ । आज सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा बीमा, होटल तथा पर्यटन, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले घटेको छ । बजार घटे […]

आज फेरि घट्यो शेयर बजार

आज शेयर बजार घटेको छ । बैकिङबाहेक सबै समूहको शेयर घटेकोमा जीवन बीमा, उत्पादन र फाइनान्स समूहको शेयर उच्च अंकले ओरालो लागेको छ । हिजो/अस्ति सोमबार सामान्य सुधार भएको शेयर बजार आज पाँच दशमलव ८९ अंकले घटेर एक हजार आठ सय ६७ दशमलव २२ अंकमा झरेको छ । बजार घटेको दिन दुई सय ५२ वटा […]

आज फेरि घट्यो शेयर बजार

आज शेयर बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । सोमबार १६ दशमलव ९७ अंकले बढेको शेयर बजार परिसूचक नेप्से आज २ दशमलव ५७ अंले घटेर एक हजार ८९९ दशमलव ७० विन्दुमा झरेको हो । नेप्से सूचक घटेको दिन ताप्लेजुङ पावर कम्पनी र सिंगटी हाइड्रोपावर कम्पनीको शेयर तीन प्रतिशतभन्दा धेरैले घटेको छ । हिजो एक […]

आज पनि घट्यो शेयर बजार, कारोबार रकम बढ्यो

शेयर बजार आज पनि घटेको छ । शेयर बजार घटे पनि कारोबार रकम भने बढेको छ । लगातार तेस्रो दिन घटेको शेयर बजार परिसूचक नेप्से आज १६ दशमलव ६१ अंकले घटेर एक हजार नौ सय १७ दशमलव २८ विन्दुमा झरेको छ । आज दुई सय ४६ वटा कम्पनीका ८० लाख ९२ हजार कित्ता शेयर एक […]

आज पनि घट्यो शेयर बजार

काठमाडौँ – शेयर बजार मापक नेप्से परिसूचकमा मंगलबार पनि गिरावट आएको छ। साताको पहिलो कारोबारको दिन आइतबार उच्च अंकले बढेको नेप्से दोस्रो दिन सोमबार पनि घटेको थियो। तेस्रो कारोबारको दिन आज पनि नेप्से ११.८२ अंकले घटेर १९२१.३१ बिन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ३.२२ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.७५ अंक र सेन्सेटिभ फ्लोट […]

शुक्रबार फेरि घट्यो शेयर बजार

काठमाडौं । बिहीबार केही सुधार देखिएको शेयर बजार परिसूचक नेप्से शुक्रबार फेरि घटेको छ । शुक्रबार नेप्से ७ दशमलव ५६ अङ्कले घटेर एक हजार नौ सय ७१ दशमलव ३८ विन्दुमा झरेको छ । शुक्रबार पहिलो पटक दुई घण्टाका लागि शेयर बजार खुलेको हो ।यसअघि सरकारले आइतबार पनि सार्वजनिक बिदा दिएपछि शेयर बजार पनि आइतबार बन्द […]

आज शेयर बजार ८५ अंकले घट्यो

शेयर बजार परिसूचक नेप्से ८४ दशमलव नौ अंकले घटेर दुई हजार २ सय ६५ दशमलव ५२ विन्दुमा झरेको छ।

आज दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौं, ९ चैत्र । साताको कारोबारको चौथो दिन आज शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । आज नेप्से परिसुचक २० दशमलव ३४ अंकले घटेर २६ सय ३० दशमलव ३६ विन्दुमा रोकिएको हो । त्यस्तै, शेयर बजार मापक सेन्सेटिभ इन्डेक्स पनि आज ४ दशमलव २२ अंकले घटेर ४९५ दशमलव ११ विन्दु कायम भएको हो । […]

दशैंअघिको शेयर बजार : बुलिस कि बियरिस ?

१३ असोज, काठमाडौं । मंगलबारसम्म लगातार घटेको शेयर बजार परिसूचक (नेप्से) मा बुधबार भने केही सुधार देखियो । तीन दिनमा शेयर कारोबार मापक नेप्से परिसूचक २ सय भन्दा बढी अंकले घट्यो भने बुधबार ५० दशमलव ५८ अंकले बढ्यो । बुधबार परिसूचक बढे पनि कारोबार भने ५ अर्ब रुपैयाँको मात्र भयो । ३२०० अंकमा पुगेको बजार […]